रुसी सेनामा रहेका नेपालीको अविलम्ब उद्धार गर्न विश्वप्रकाश शर्माको माग
आइतबार, २८ माघ २०८०, १२ : १८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले रुसी सेनामा रहेका नेपालीहरूको अविलम्ब उद्धार गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा सहभागी गृहमन्त्री श्रेष्ठलाई सांसद शर्माले आफूले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराएको तर संसद् बैठकमा बोले पनि सुनुवाइ नभएको बताए । उनले एक दर्जन बढी नेपालीको ज्यान गएको र फेरि ३ जना पक्राउ परेको विवरण आएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
साथै कोभिडपछि नेपाल भारतबिच रहेका सबै नाका सञ्चालनमा आएपनि पूर्वको काँकडभिट्टा नाका भने अझै सञ्चालनमा नआउँदा राजस्व र पर्यटन क्षेत्रमा प्रभाव परेको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण