बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

रुसी सेनामा रहेका नेपालीको अविलम्ब उद्धार गर्न विश्वप्रकाश शर्माको माग

आइतबार, २८ माघ २०८०, १२ : १८
आइतबार, २८ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले रुसी सेनामा रहेका नेपालीहरूको अविलम्ब उद्धार गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् । 

बैठकमा सहभागी गृहमन्त्री श्रेष्ठलाई सांसद शर्माले आफूले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराएको तर संसद् बैठकमा बोले पनि सुनुवाइ नभएको बताए ।  उनले एक दर्जन बढी नेपालीको ज्यान गएको र फेरि ३ जना पक्राउ परेको विवरण आएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

साथै कोभिडपछि नेपाल भारतबिच रहेका सबै नाका सञ्चालनमा आएपनि पूर्वको काँकडभिट्टा नाका भने अझै सञ्चालनमा नआउँदा राजस्व र पर्यटन क्षेत्रमा प्रभाव परेको शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप