पाकिस्तानका धार्मिक दलहरूको चुनावमा धाँधली भएको आरोप, प्रदर्शनको तयारी

इस्लामाबाद । पाकिस्तानका धार्मिक दलहरूले चुनावमा धाँधली भएको आरोप लगाउँदै विरोध प्रदर्शनको घोषणा गरेका छन् । जमात-ए-इस्लामीले कराँचीका विभिन्न आठ भागमा प्रदर्शन गर्ने योजना बनाएको हो।
जमातले 'कराचीको जनादेशमा डकैती हुन नदिने' भनेको छ। यससँगै जमियत उलेमा–ए–इस्लामले पनि निर्वाचनमा अनियमितता भएको आरोप लगाउँदै सिन्धका २८ क्षेत्रमा धर्ना दिने र राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेको छ ।
पाकिस्तानको निर्वाचन आयोगले नेसनल एसेम्बलीका २६५ सिटमध्ये २५७ सिटको नतिजा घोषणा गरेको छ तर बलुचिस्तानका सात सिटको नतिजा भने घोषणा गरेको छैन ।
अहिलेसम्मको नतिजामा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले ९३ सिट प्राप्त गरेका छन् । यसपछि मुस्लिम लिग–एनले ७४ सिट, पिपुल्स पार्टीले ५४ सिट र एमक्यूएमले १७ सिट जितेको छ । यसबाहेक पाकिस्तान मुस्लिम लिग र जमियत उलेमा-ए-इस्लामले तीन-तीन सिट पाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
हिमालयन बैंकको ‘ठमेल शाखा’ सञ्चालनमा
-
नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक: देउवा
-
४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म
-
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु