पाकिस्तानका धार्मिक दलहरूको चुनावमा धाँधली भएको आरोप, प्रदर्शनको तयारी
इस्लामाबाद । पाकिस्तानका धार्मिक दलहरूले चुनावमा धाँधली भएको आरोप लगाउँदै विरोध प्रदर्शनको घोषणा गरेका छन् । जमात-ए-इस्लामीले कराँचीका विभिन्न आठ भागमा प्रदर्शन गर्ने योजना बनाएको हो।
जमातले 'कराचीको जनादेशमा डकैती हुन नदिने' भनेको छ। यससँगै जमियत उलेमा–ए–इस्लामले पनि निर्वाचनमा अनियमितता भएको आरोप लगाउँदै सिन्धका २८ क्षेत्रमा धर्ना दिने र राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेको छ ।
पाकिस्तानको निर्वाचन आयोगले नेसनल एसेम्बलीका २६५ सिटमध्ये २५७ सिटको नतिजा घोषणा गरेको छ तर बलुचिस्तानका सात सिटको नतिजा भने घोषणा गरेको छैन ।
अहिलेसम्मको नतिजामा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले ९३ सिट प्राप्त गरेका छन् । यसपछि मुस्लिम लिग–एनले ७४ सिट, पिपुल्स पार्टीले ५४ सिट र एमक्यूएमले १७ सिट जितेको छ । यसबाहेक पाकिस्तान मुस्लिम लिग र जमियत उलेमा-ए-इस्लामले तीन-तीन सिट पाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण