माओवादी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूले थाले रिपोर्टिङ
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गर्न सुरु गरेका छन् । बैठकको सुरुमा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले चार महिने अभियानको समीक्षात्मक रिपोर्टिङ गरेका छन् ।
बैठकमा पुनले अभियानका क्रममा काठमाडौँ उपत्यकामा भएका समग्र कार्यक्रम र त्यसपछिको सांगठनिक अवस्थाबारे जानकारी गराएका एक नेताले बताएका छन् ।
उनले उपत्यकामा माओवादीको सांगठनिक अवस्था निकै कमजोर रहेकाले अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।
चार महिना अभियानको क्रममा उनले बागमती प्रदेशअन्तर्गत भूगोलमा काम गरेका थिए । सातै प्रदेशका इन्चार्जहरूले रिपोर्टिङ सकिएपछि अन्त्यमा प्रधानमन्त्री तथा प्रधानमन्त्री प्रचण्डले आफ्नो भनाइ राख्ने कार्यसूची रहेको ती नेताले जानकारी दिए । सोमबारसम्म चल्ने बैठकमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा कार्य विभाजन गर्ने अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण