माओवादलाई विकास गरी नयाँ समाजवादी विचार निर्माण गर्नु आवश्यक छ : गिरिराजमणि पोखरेल
आइतबार, २८ माघ २०८०, १४ : ४१

काठमाडौँ । नेकपा माओवादी केन्द्र सम्पर्क समन्वय समितिका इन्चार्ज गिरिराजमणि पोखरेलले माओवाद विचारलाई विकास गरेर नयाँ समाजवादी विचार निर्माण गर्नुपर्ने बताएका छन् ।
आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा रुपान्तरण अभियानको समीक्षात्मक रिपोर्टिङ गर्दै उनले नयाँ विचार बनाउनुपर्ने धारणा राखेका हुन् ।
पछिल्लो समय प्रतिगामी शक्तिहरू सलबलाउन थालेको तर्फ इंगित गर्दै उनले अभियान जारी राख्नुपर्ने बताएका छन् । अभियानले समग्रमा पार्टीलाई सुदृढ र चलायमान बनाउन भूमिका खेलेको उनको निष्कर्ष रहेको छ ।
बैठकमा उनीसहित उपत्यका विशेषका इन्चार्ज वर्षमान पुन, प्रवास इन्चार्ज राम कार्की र गण्डकी प्रदेशका देवेन्द्र पौडेलले रिपोर्टिङ गरिसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश