माओवादलाई विकास गरी नयाँ समाजवादी विचार निर्माण गर्नु आवश्यक छ : गिरिराजमणि पोखरेल
आइतबार, २८ माघ २०८०, १४ : ४१
काठमाडौँ । नेकपा माओवादी केन्द्र सम्पर्क समन्वय समितिका इन्चार्ज गिरिराजमणि पोखरेलले माओवाद विचारलाई विकास गरेर नयाँ समाजवादी विचार निर्माण गर्नुपर्ने बताएका छन् ।
आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा रुपान्तरण अभियानको समीक्षात्मक रिपोर्टिङ गर्दै उनले नयाँ विचार बनाउनुपर्ने धारणा राखेका हुन् ।
पछिल्लो समय प्रतिगामी शक्तिहरू सलबलाउन थालेको तर्फ इंगित गर्दै उनले अभियान जारी राख्नुपर्ने बताएका छन् । अभियानले समग्रमा पार्टीलाई सुदृढ र चलायमान बनाउन भूमिका खेलेको उनको निष्कर्ष रहेको छ ।
बैठकमा उनीसहित उपत्यका विशेषका इन्चार्ज वर्षमान पुन, प्रवास इन्चार्ज राम कार्की र गण्डकी प्रदेशका देवेन्द्र पौडेलले रिपोर्टिङ गरिसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण