त्रिवि उपकुलपति नियुक्ति झन् पेचिलो
काठमाडौँ । संसदीय समितिले नियुक्ति प्रक्रियामा चासो दिएसँगै त्रिभुवन विश्वविद्यालयको उलकुलपति नियुक्ति प्रक्रिया झन पेचिलो बन्ने देखिएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले उपकुलपति नियुक्तिबारे छलफल गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई सोमबार बिहान ११ बजे बोलाएको छ ।
उपकुलपति नियुक्तिबारे भइरहेको कामप्रति उठिरहेको सरोकारबारे छलफल गर्न राईलाई बोलाइएको समिति सदस्य विद्या भट्टलाईले रातोपाटीलाई जानकारी दिइन् । त्रिविका तत्कालिन उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल पूरा भएको तीन महिनासम्म नयाँ उपकुलपति नियुक्ति हुन सकेको छैन ।
मन्त्री नेतृत्वको सर्च कमिटीले उपकुलपतिका लागि निवेदन आह्वान गरेपछि ४३ जनाको आवेदन परेको थियो । तीमध्येबाट १४ जनाको सर्टलिस्ट सार्वजनिक भइसकेको छ । सर्ट लिष्ट आएपछि त्रिवि उपकुलपति नियुक्तिमा झन राजनीतिकरण हुन थालेको छ । सोमबारको बैठकमा अन्य विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रकरणबारे पनि छलफल हुने छ ।
पूर्वाञ्चल,सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पनि उपकुलपति नियुक्ति प्रक्रिया सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण