बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक

त्रिवि उपकुलपति नियुक्ति झन् पेचिलो

आइतबार, २८ माघ २०८०, १७ : ५९
आइतबार, २८ माघ २०८०

काठमाडौँ । संसदीय समितिले नियुक्ति प्रक्रियामा चासो दिएसँगै त्रिभुवन विश्वविद्यालयको उलकुलपति नियुक्ति प्रक्रिया झन पेचिलो बन्ने देखिएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले उपकुलपति नियुक्तिबारे छलफल गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई सोमबार बिहान ११ बजे बोलाएको छ ।

उपकुलपति नियुक्तिबारे भइरहेको कामप्रति उठिरहेको सरोकारबारे छलफल गर्न राईलाई बोलाइएको समिति सदस्य विद्या भट्टलाईले रातोपाटीलाई जानकारी दिइन् । त्रिविका तत्कालिन उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल पूरा भएको तीन महिनासम्म नयाँ उपकुलपति नियुक्ति हुन सकेको छैन ।

मन्त्री नेतृत्वको सर्च कमिटीले उपकुलपतिका लागि निवेदन आह्वान गरेपछि ४३ जनाको आवेदन परेको थियो । तीमध्येबाट १४ जनाको सर्टलिस्ट सार्वजनिक भइसकेको छ । सर्ट लिष्ट आएपछि त्रिवि उपकुलपति नियुक्तिमा झन राजनीतिकरण हुन थालेको छ । सोमबारको बैठकमा अन्य विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रकरणबारे पनि छलफल हुने छ ।

पूर्वाञ्चल,सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पनि उपकुलपति नियुक्ति प्रक्रिया सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप