अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशको काज सरुवा
काठमाडौँ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको काज सरुवा भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् ।
सर्वोच्च अदालत स्रोतका अनुसार बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हडपेको सन्दर्भमा पक्राउ परेका व्यवसायी अरुण कुमार चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिएपछि उनी विवादमा परेका थिए ।
आचार्यले गरेको आदेशमा कैफियत नभएपनि भाषा न्यायिक मर्म अनुसारको नभएको भन्दै सर्वोच्च अदालतको जिरो आवरमै छलफल चलेको थियो । आचार्यको आदेशमा हजारौँलाई रोजगारी दिएको र अभिभावक रहेको भन्ने शब्दसँग प्रधानन्यायाधीश श्रेष्ठ असन्तुष्ट रहेका थिए । आचार्यको विषयमा विवाद आएपछि प्रधानन्यायाधीश श्रेष्ठले नै आचार्यलाई नै कामकाज गर्न सहज होस् भनेर मुगुमा काज सरुवा गरिदिएको सर्वोच्च श्रोतले बताएको छ ।
यसअघि नवलपुर जिल्ला अदालतमा रहँदा देशैभरबाट सबैभन्दा धेरै मुद्दा फर्स्योट गरेका आचार्यलाई प्रधानन्यायाधीश श्रेष्ठले नै दुई वर्ष पूरा नहुँदै काठमाडौं जिल्ला अदालतमा सरुवा गरी ल्याएका थिए । काठमाडौँको मुद्दाको चाप घटाउन सहज हुने भनी काठमाडौं ल्याइएका उनी आदेशका प्रयोग गरिएको भाषाका कारण विवादमा परेपछि उनलाई काज सरुवा गरिएको हो ।
एक न्यायाधीशको दरबन्दी रहेको मुगु जिल्ला अदालतमा हाल रामानन्दप्रसाद अधिकारीको दरबन्दी छ । आचार्यलाई मुगुमा काज सरुवा गरिएपछि अधिकारीलाई काठमाडौँ ल्याउने तयारी भइरहेको सर्वोच्च स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण