आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विधान अधिवेशनका एजेण्डा तय गर्न माओवादी पदाधिकारी बैठक

सोमबार, २९ माघ २०८०, १४ : ३४
सोमबार, २९ माघ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन् । बैठक सोमबार अपराह्न चार बजे बालुवाटारमा बस्ने नेता गणेश साहले जानकारी दिए ।

नेता साहकाअनुसार पदाधिकारी बैठकले विधान अधिवेशनका एजेण्डा तय गर्नेछ । माओवादीको विधान अधिवेशन मंगलबारबाट सुरु हुँदैछ । 

यसअघि शुक्रबार र शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको सो सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रूप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप