मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको छ : अर्थमन्त्री महत

सोमबार, २९ माघ २०८०, १६ : ४१
सोमबार, २९ माघ २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले निजी क्षेत्रसँग प्राथमिकताका साथ सहकार्य गरिरहेको बताएका छन् । आज अर्थमन्त्रालयमा आयोजित चालू वर्षको बजेट मूल्यांकन तथा समिक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले निजी क्षेत्रलाई सरकारले साथमा लिएर हिड्न चाहेको बताएका हुन् ।

आगामी वर्षको वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्न लागेको र सो सम्मेलनमा निजी क्षेत्र महत्वपूर्ण साझेदार रहेको उनले बताए । सोहीकारण, विदेशी र स्वदेशी लगानीकर्तालाई आकर्षित गर्न पुराना र झन्झटिला कानूनी व्यवस्था फेर्न लागेको अर्थमन्त्री डा.महतले बताए ।

‘निजी क्षेत्रले सुझावका रुपमा दिएका सबै विषय जस्तोको त्यस्तै समेट्ने भनेको होइन,’ उनले भने, ‘तर, सुधार गर्नूपर्ने कानूनी व्यवस्था फेर्न सरकार तयार छ ।’ यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्ससँग निरन्तर परामर्समा रहेको अर्थमन्त्रीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप