सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको छ : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले निजी क्षेत्रसँग प्राथमिकताका साथ सहकार्य गरिरहेको बताएका छन् । आज अर्थमन्त्रालयमा आयोजित चालू वर्षको बजेट मूल्यांकन तथा समिक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले निजी क्षेत्रलाई सरकारले साथमा लिएर हिड्न चाहेको बताएका हुन् ।
आगामी वर्षको वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्न लागेको र सो सम्मेलनमा निजी क्षेत्र महत्वपूर्ण साझेदार रहेको उनले बताए । सोहीकारण, विदेशी र स्वदेशी लगानीकर्तालाई आकर्षित गर्न पुराना र झन्झटिला कानूनी व्यवस्था फेर्न लागेको अर्थमन्त्री डा.महतले बताए ।
‘निजी क्षेत्रले सुझावका रुपमा दिएका सबै विषय जस्तोको त्यस्तै समेट्ने भनेको होइन,’ उनले भने, ‘तर, सुधार गर्नूपर्ने कानूनी व्यवस्था फेर्न सरकार तयार छ ।’ यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्ससँग निरन्तर परामर्समा रहेको अर्थमन्त्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण