माओवादीको विधान अधिवेशन : यी हुन् २० समूहका सहजकर्ता (सूचीसहित)
काठमाडौँ । नेकपा माओवादी केन्द्रको मंगलबारदेखि सुरु भएको विधान अधिवेशनमा प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्न २० समूह बनाइएको छ । २० समूहमा टोली नेता चयन गरेर छलफल अघि बढाउने निर्णय भएको हो ।
जसअनुसार समूह १ मा अञ्जना विशंखे र समूह २ मा अमृता थापा समूहको सहजकर्ता चयन भएका छन् । यसैगरी समूह ३ मा ओनसरी घर्ती, समूह ४ मा कमला रोका, समूह ५ मा काली बहादुर मल्ल, समूह ६ मा कुल प्रसाद केसी, समूह ७ मा खगराज भट्ट, समूह ८ मा गणेश मान पुन, समूह ९ मा जयपुरी घर्ती सहजकर्ता चयन भएको एक प्रतिनिधिले जानकारी दिए ।
यस्तै समूह १० मा जोखबहादुर महरा, समूह ११ मा नारायणप्रसाद दाहाल, समूह १२ मा परशुराम तामाङ, समूह १३ मा पूर्णकुमारी सुवेदी, समूह १४ मा प्रह्लाद बुढाथोकी, समूह १५ मा महेश्वरराज जंग गहतराज, समूह १६ मा विश्वनाथ साह, समूह १७ मा यशोदा सुवेदी र समूह १८ मा शशी श्रेष्ठ सहजकर्ता चयन भएका छन् । यसैगरी समूह १९ मा सत्य पहाडी र समूह २० मा हकिकुल्ला खाँ चयन भएका छन् । उनीहरुले समन्वय गरेर टोी नेता चयन गर्नेछन् भने सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन् । समूहमा छलफल गरेर हलमा निष्कर्ष पेस हुने माओवादीले जनाएको छ । समूहमा प्रज्ञा हल र पार्टी कार्यालय पेरिसडाँडामा मस्यौदा विधानमाथि छलफल हुनेछ । अधिवेशन तीन दिनसम्म जारी रहने छ ।
यसअघि प्रकाशित समाचारमा सहजकर्ता हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण