कञ्चनपुरमा सामाजिक विकास मन्त्री साउँदको पुत्ला जलाइयो
धनगढी । कञ्चनपुरस्थित विद्यार्थी संगठनहरुले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदको पुत्ला जनाएका छन् ।
सामाजिक विकास मन्त्रालय तथा मन्त्रीका कारण कञ्चनपुरका राहुल नेपालीले चिकित्सा शिक्षा अध्ययन गर्न नपाएको आरोप लगाउँदै विद्यार्थीहरुले मंगलबार पुत्ला दहन गरेका हुन् ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य वासुदेव न्यौपानेले नेपाल चिकित्सा शिक्षा आयोगले कात्तिक १८ गते लिएको प्रवेश परीक्षामा राहुल नेपाली उत्तीर्ण भएका भएपनि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कारण भर्ना छुटेको बताए ।
विद्यार्थी संगठनहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा सुदूरपश्चिम सरकारले एमबीबीएस अध्ययनका लागि वितरण गर्दै आएको छात्रवृत्तिमा राहुलको नाम समावेश भएपनि मन्त्रालयको बेवास्ता र गैरजिम्मेवारीपनको कारण जारी गरेको अन्योलपूर्ण पत्रले भर्नाबाट अलग भएको दाबी गरेका छन् ।
उनीहरुले एमबीबीएस भर्नाको सुनिश्चितता नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण