चैतभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गछौँ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत महिनाभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताएका छन् ।
मंगलबार पोखरामा भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले पोखरालाई मुलुककै पर्यटकीय राजधानी घोषणा गर्ने समय तालिका दिएको भन्दै आगामी चैत महिनाभित्र घोषणा गर्ने तयारीमा गण्डकी प्रदेश सरकार लागेको बताए । उनले सर्वोच्च अदालतले फेवातालको सीमांकन, नक्शांकन र सौन्दर्यकरण गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशनात्मक रुपमा दिएको आदेश कार्यान्वयन गर्ने बताए ।
मुख्यमन्त्री पाण्डेले सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न मुख्यमन्त्रीको अध्यक्षतामा सहजिकरण गर्ने समिति बनाएको पनि बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको काम संघ सरकार अन्तर्गत रहेको भन्दै प्रदेश सरकारले के गर्नसक्छ ? भन्ने विषयमा छलफल भइरहेको बताए ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले पर्यटकीय पदमार्गको संरक्षणको लागि पर्यटकीय पदमार्ग भएको क्षेत्रमा सडक मार्गको लागि बजेट माग गर्न नपाउने र बजेट विनियोजन नगर्ने नीति लिएको बताए । उनले पदमार्गमा बाटोको संरक्षण गर्ने दायित्व आम जनताको भएको भन्दै सरकारले पदमार्गमा बाटो खन्न डोजर चलाउने कुरालाई प्रोत्साहित नगर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे
-
देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो
-
बलात्कारको आरोपमा भारतीय क्रिकेटर पक्राउ
-
‘सीप मेला सीपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल हो, सहकार्य गर्न तयार छौँ’
-
देशको राजनीतिक अवस्था नाजुक बनिरहेको छ : पूर्व उपराष्ट्रपति पुन
-
प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस