चैतभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गछौँ : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत महिनाभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताएका छन् ।
मंगलबार पोखरामा भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले पोखरालाई मुलुककै पर्यटकीय राजधानी घोषणा गर्ने समय तालिका दिएको भन्दै आगामी चैत महिनाभित्र घोषणा गर्ने तयारीमा गण्डकी प्रदेश सरकार लागेको बताए । उनले सर्वोच्च अदालतले फेवातालको सीमांकन, नक्शांकन र सौन्दर्यकरण गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशनात्मक रुपमा दिएको आदेश कार्यान्वयन गर्ने बताए ।
मुख्यमन्त्री पाण्डेले सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न मुख्यमन्त्रीको अध्यक्षतामा सहजिकरण गर्ने समिति बनाएको पनि बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको काम संघ सरकार अन्तर्गत रहेको भन्दै प्रदेश सरकारले के गर्नसक्छ ? भन्ने विषयमा छलफल भइरहेको बताए ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले पर्यटकीय पदमार्गको संरक्षणको लागि पर्यटकीय पदमार्ग भएको क्षेत्रमा सडक मार्गको लागि बजेट माग गर्न नपाउने र बजेट विनियोजन नगर्ने नीति लिएको बताए । उनले पदमार्गमा बाटोको संरक्षण गर्ने दायित्व आम जनताको भएको भन्दै सरकारले पदमार्गमा बाटो खन्न डोजर चलाउने कुरालाई प्रोत्साहित नगर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण