सात महिनामा ४ लाख नेपाली बिदेसिए

काठमाडौँ । पछिल्लो सात महिनामा ४ लाख भन्दा बढी नेपालीहरू वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को माघ मसान्तसम्ममा ४ लाख ५ हजार ५५८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
त्यसरी जानेहरूमा सबैभन्दा बढी पुरुषहरू रहेका छन् । ३ लाख ५९ हजार ८१२ पुरुषहरू र ४५ हजार ७४६ जना महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । यही समयमा गत आर्थिक वर्ष २०७९÷०८० मा भने ४ लाख ७८ हजार ८३० जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।
विभागको तथ्याङ्क अनुसार साउन महिनामा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३ र माघ महिनामा ६२ हजार १४७ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो
-
सामाजिक सञ्जालमा नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक जना पक्राउ
-
सहसचिवको दरबन्दीमा सीडीओ बनेका उपसचिवहरू तानिए, अझै रित्तिएन जगेडा
-
प्रमुख प्रशासकीय अधिकृतबिनै बैठक बाेलाउने तयारीमा मेयर बालेन
-
‘महाभोज’ हेरेपछि सेलिब्रेटीहरूले के भने ?