मानव तस्करी
अमेरिका लैजान ल्याइएका भारतीयलाई राजधानीको रातोपुलमा बन्धक बनाएर राखिएको खुलासा
बुधबार, ०२ फागुन २०८०, २० : २१
काठमाडौँ । अमेरिका लैजान भन्दै नेपाल ल्याएर भारतीयहरुलाई बन्धक बनाएर राखिएको खुलासा भएको छ । करिब एक महिनाभन्दा बढी समयदेखि भारतीय नागरिकहरुलाई राजधानीको रातोपुलस्थित एक घरमा बन्धक बनाएर राखेको खुलेको हो ।
प्रहरीले विशेष सूचनाको आधारमा खानतलासी गर्दा ११ जना भारतीयको उद्धार गरेको छ । यस्तै बन्धक बनाउने कार्यमा संलग्न ७ जना पनि पक्राउ परेका छन् ।
पीडितहरुले एजेन्टलाई ४५ लाखसम्म बुझाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए ।
ती अधिकारीका अनुसार नेपाल ट्रान्जिट बनाएर दलालहरुले उनीहरुलाई अमेरिका लैजाने प्रयास गरेको खुलेको छ । उद्धार भएका पीडितहरु पन्जाव, हरिणानालगायतका स्थानको भएको बताइएको छ भने सबै पुरुष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण