मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
मानव तस्करी

अमेरिका लैजान ल्याइएका भारतीयलाई राजधानीको रातोपुलमा बन्धक बनाएर राखिएको खुलासा

बुधबार, ०२ फागुन २०८०, २० : २१
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । अमेरिका लैजान भन्दै नेपाल ल्याएर भारतीयहरुलाई बन्धक बनाएर राखिएको खुलासा भएको छ । करिब एक महिनाभन्दा बढी समयदेखि भारतीय नागरिकहरुलाई राजधानीको रातोपुलस्थित एक घरमा बन्धक बनाएर राखेको खुलेको हो । 

प्रहरीले विशेष सूचनाको आधारमा खानतलासी गर्दा ११ जना भारतीयको उद्धार गरेको छ । यस्तै बन्धक बनाउने कार्यमा संलग्न ७ जना पनि पक्राउ परेका छन् । 

पीडितहरुले एजेन्टलाई ४५ लाखसम्म बुझाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए । 

ती अधिकारीका अनुसार नेपाल ट्रान्जिट बनाएर दलालहरुले उनीहरुलाई अमेरिका लैजाने प्रयास गरेको खुलेको छ । उद्धार भएका पीडितहरु पन्जाव, हरिणानालगायतका स्थानको भएको बताइएको छ भने सबै पुरुष हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप