शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र विकास बोर्डमा अभिनय कार्यशाला

बुधबार, ०२ फागुन २०८०, २० : ५५
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । कला क्षेत्रमा क्रियाशील कलाकारहरुको सीप एवं क्षमता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले माघ २९ देखि ५ दिने निःशुल्क अभिनय कार्यशाला सञ्चालन गरिरहेको छ ।

बोर्ड सदस्य एवं कार्यक्रम संयोजक राजु केसीका अनुसार बोर्डमा ३४  कलाकारहरुले कार्यशालामा अभिनय प्रशिक्षण लिइरहेका छन् । अभिनेता भोलाराज सापकोटाले प्रशिक्षण दिइरहेको कार्यशालाका सहभागीहरुलाई बोर्डले खाजा र खानाको समेत व्यवस्था गरेको बोर्ड सदस्य केसीले बताए । 

कार्यशालामा अभिनय अभ्यास, नवरस, द्वन्द्व र चरित्रको सम्बन्ध, अभिनेताको तयारी, छायांकनको तयारी एवम् अभिनय सम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान सीप प्रदान गरिने प्रशिक्षक सापकोटाले जानकारी दिए । 

बोर्डले केही समय पश्चात् मेकअप तथा सम्पादन सम्बन्धी कार्यशाला पनि सञ्चालन गर्ने तयारी गरिरहेको बोर्ड सदस्य एवं प्रवक्ता के एल बुढाथोकीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप