चलचित्र विकास बोर्डमा अभिनय कार्यशाला
काठमाडौँ । कला क्षेत्रमा क्रियाशील कलाकारहरुको सीप एवं क्षमता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले माघ २९ देखि ५ दिने निःशुल्क अभिनय कार्यशाला सञ्चालन गरिरहेको छ ।
बोर्ड सदस्य एवं कार्यक्रम संयोजक राजु केसीका अनुसार बोर्डमा ३४ कलाकारहरुले कार्यशालामा अभिनय प्रशिक्षण लिइरहेका छन् । अभिनेता भोलाराज सापकोटाले प्रशिक्षण दिइरहेको कार्यशालाका सहभागीहरुलाई बोर्डले खाजा र खानाको समेत व्यवस्था गरेको बोर्ड सदस्य केसीले बताए ।
कार्यशालामा अभिनय अभ्यास, नवरस, द्वन्द्व र चरित्रको सम्बन्ध, अभिनेताको तयारी, छायांकनको तयारी एवम् अभिनय सम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान सीप प्रदान गरिने प्रशिक्षक सापकोटाले जानकारी दिए ।
बोर्डले केही समय पश्चात् मेकअप तथा सम्पादन सम्बन्धी कार्यशाला पनि सञ्चालन गर्ने तयारी गरिरहेको बोर्ड सदस्य एवं प्रवक्ता के एल बुढाथोकीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण