शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बैसाखीको सहारामा ऋतिक रोशन

बिहीबार, ०३ फागुन २०८०, ११ : ४०
बिहीबार, ०३ फागुन २०८०

नयाँ दिल्ली । बलिउड अभिनेता ऋतिक रोशन बैसाखीको सहारामा छन् । उनले आफ्नो इन्ष्टाग्राममा एउटा फोटो शेयर गर्दै लामो पोस्ट लेखेका छन् । फोटोमा ऋतिक बैसाखीको सहारामा उभिरहेका देखिन्छन् ।

यो तस्बिर देखेर उनका फ्यान छक्क परेका छन् । पोस्ट शेयर गर्दै ऋतिकले लेखेका छन्, ‘गुड आफ्टरनून तपाईँहरूमध्ये कतिलाई जिन्दगीमा कहिले कतै बैसाखी वा ह्विलचियरको आवश्यकता परेको थियो ? यसको सहारामा हिँड्नुपर्दा कस्तो महसुस भएको थियो ?’

अरूको अगाडि आफूलाई कमजोर नदेखाउन आफ्ना हजुरबुबाले एकपटक विमानस्थलमा ह्विलचियरमा चढ्नै नमानेको पनि उनले पोस्टमा बताएका छन् । चोट लागेकोले उनलाई ह्विलचियरमा बस्न भनिएको थियो । तर ऋतिकका हजुरबुबाले आफू बुढो भएकोले ह्विलचियरमा बस्न लगाए भन्ने सोचे ।

ह्विलचियरमा बसेनन्, पछि दुखाई बढ्यो उपचारमा पनि ढिलाइ भयो । आफूलाइै अरूको सामु बलियो छु भनेर देखाउनकै लागि बैसाखी वा ह्विलचियरको सहारा नलिनुलाई ऋतिक मूर्खता भन्छन् । समस्याहरूलाई बेवास्ता गर्नु राम्रो नभएको उनको भनाई छ ।

मङ्गलवार ऋतिकको मांसपेशी तन्कियो । यसका कारण उनलाई निकै पीडा भयो, राम्ररी उभिनै सकेनन् । अनि यो स्थितिमा उनले आफ्ना हजुरबालाई सम्झिए । अभिनेताको यो अवस्था देखेर उनका फ्यान पनि चिन्तित भएका छन् ।

उनको यो पोस्टमा बलिउडका कलाकारहरूले प्रतिक्रिया दिँदै छिटो निको हुने कामना गरेका छन् । ऋतिक रोशन हालै मात्र फाइटर फिल्ममा देखिएका थिए । उनको यो फिल्मले घरेलु बक्स अफिसमा २०० भन्दा धेरैको व्यापार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप