बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
सचिवालय बैठक

सरकारविरुद्ध आन्दोलन गर्ने एमालेको निर्णय

बिहीबार, ०३ फागुन २०८०, २२ : २७
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेले सातौँ केन्द्रीय समिति बैठक फागुन ८, ९ र १० गतेलाई बोलाएको छ । बिहीबार बसेको सो पार्टीको २७ औँ सचिवालय बैठकले फागुन ८ देखि १० सम्म केन्द्रीय समिति बैठकको मिति तय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।  

सचिवालयले केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गरेको छ । राजनीतिक स्थितिको समीक्षा, सङ्गठनात्मक प्रतिवेदन, सङ्गठन शुद्धीकरणबारे विशेष कार्य योजना तर्जुमा केन्द्रीय समिति बैठकका प्रमुख एजेन्डा तय गरेको महासचिव पोखरेलले जानकारी दिए । साथै पार्टी निर्माणका सवालमा एमालेलाई व्यवस्थित र बलियो शक्तिका रूपमा स्थापित गर्न सकिने उपायका बारेमा समेत केन्द्रीय समिति बैठकमा छलफल हुने महासचिव पोखरेलको भनाइ छ ।

त्यसबाहेक एमालेले केन्द्रीय समिति बैठकमार्फत गठबन्धन सरकार राष्ट्रहित विपरीत गएको र सुशासनमा विचलन आएको भन्दै मुलुक आर्थिक सङ्कटमा परेकाले सरकारविरुद्ध जनपरिचालन गर्ने निर्णय समेत गर्नेछ । महासचिव पोखरेलले भने, ‘सरकारलाई दबाब दिन जनपरिचालन गर्ने बारेमा समेत केन्द्रीय समितिले निर्णय गर्नेछ ।

एमालेले केन्द्रीय कार्यालय भवन बनाउन सदस्यहरूबाट न्यूनतम सय रुपैयाँ सङ्कलन गर्ने निर्णय समेत गरेको छ । बैठकले केही विभागमा मनोनयन गरेको भन्दै महासचिव पोखरेलले भने, ‘प्रचार तथा प्रकाशन विभागमा तीनजना थप्ने निर्णय भएको छ । जसमा मणिराज बास्तोला, माधव नेपाल र इन्द्र आचार्य थपिएका छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप