राम मन्दिर र प्रहरी थानालाई बमले उडाउने धम्की
शुक्रबार, ०४ फागुन २०८०, १३ : २४
उत्तर प्रदेश । अयोध्यामा राम मन्दिर र लखनउको एक प्रहरी थानालाई बमले उडाइदिने धम्कीपूर्ण चिठ्ठी आएको छ । प्रहरीले सितापुर रोडस्थित पाल रेस्टोरेन्ट नजिकै यो चिठ्ठी फेला पारेको हो । चिठ्ठीमा दुई जनाको नाम र एक युवतीको मोबाइल नम्बर लेखिएको छ ।
यस मामिलामा यूपीको बिकेटी प्रहरी थानामा अज्ञात मानिसहरुविरुद्ध उजुरी दर्ता गरिएको छ । प्रहरीले यस मामिलाबारे छानबिन शुरु गरेको छ । यस अघि पनि यूपीमा एक युवतीको नाम र नम्बर लेखिएको यस्तै खालको पत्र ठाउँ ठाउँमा भेटिएको छ । यस्तै खालको पत्रबारे प्रहरीले यस अघि नै छानबिन शुरु थालेको थियो ।
तर ती चिठ्ठी विरुद्ध कुनै एफआईआर भने दर्ता भएका थिएनन् । भर्खरै भेटिएको चिठ्ठीको विषयमा भने प्रहरीले एफआईआर दर्ता भएपछि छानबिन शुरु गरेको छ । युवतिलाई बदनाम गर्ने नियतले यस्तो गरिएको हो कि भन्ने आशंका पनि प्रहरीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण