राम मन्दिर र प्रहरी थानालाई बमले उडाउने धम्की
शुक्रबार, ०४ फागुन २०८०, १३ : २४

उत्तर प्रदेश । अयोध्यामा राम मन्दिर र लखनउको एक प्रहरी थानालाई बमले उडाइदिने धम्कीपूर्ण चिठ्ठी आएको छ । प्रहरीले सितापुर रोडस्थित पाल रेस्टोरेन्ट नजिकै यो चिठ्ठी फेला पारेको हो । चिठ्ठीमा दुई जनाको नाम र एक युवतीको मोबाइल नम्बर लेखिएको छ ।
यस मामिलामा यूपीको बिकेटी प्रहरी थानामा अज्ञात मानिसहरुविरुद्ध उजुरी दर्ता गरिएको छ । प्रहरीले यस मामिलाबारे छानबिन शुरु गरेको छ । यस अघि पनि यूपीमा एक युवतीको नाम र नम्बर लेखिएको यस्तै खालको पत्र ठाउँ ठाउँमा भेटिएको छ । यस्तै खालको पत्रबारे प्रहरीले यस अघि नै छानबिन शुरु थालेको थियो ।
तर ती चिठ्ठी विरुद्ध कुनै एफआईआर भने दर्ता भएका थिएनन् । भर्खरै भेटिएको चिठ्ठीको विषयमा भने प्रहरीले एफआईआर दर्ता भएपछि छानबिन शुरु गरेको छ । युवतिलाई बदनाम गर्ने नियतले यस्तो गरिएको हो कि भन्ने आशंका पनि प्रहरीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला