शनिबारदेखि बुलबुलेमा ‘कर्णाली उत्सव’
सुर्खेत । वीरेन्द्रनगरको बुलबुले उद्यानमा हरेक वर्ष हुने ‘कर्णाली उत्सव’को पाँचौँ संस्करण भोलि शनिवारदेखि सुरु हुने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको आयोजक संस्था ऋति फाउण्डेसनले जानकारी दिएको छ ।
‘कुडा कर्नालीका’ नारा दिई सञ्चालन गर्ने गरिएको उक्त बहस कार्यक्रम शनिबार, आइतबार र सोमबार गरी तीन दिन चल्ने छ ।
कार्यक्रममा विशेषगरी कर्णाली र राष्ट्रिय स्तरका बहस तथा मन्थन हुने उत्सवका संयोजक कमल लम्सालले जानकारी दिए ।
उनका अनुसार यो वर्ष १४ वटा सत्र, ३ विद्धत प्रवचन, ३ पैकलो र ३ वटै सांगीतिक/साहित्यिक साँझ रहने छन् ।
डा. सुधा शर्माको विद्धत प्रवचन, इतिहासकार प्रा.डा राजाराम सुवेदीको कर्णाली धरोहर र मनोहर, समाजसेवी म्याडी डोयनको अ जर्नी फ्रम जर्जी टु कर्णालीको विद्धत प्रवचन रहेका छन् । आयोजकले यो उत्सवलाई कर्णालीलाई चिन्ने र चिनाउने बहस तथा विमर्शको उत्सवका रुपमा लिने गरेको छ ।
लम्सालले भने, ‘यसले कर्णाली केलाउँछ, समृद्ध कर्णाली निर्माणका लागि नीति, निर्मातालाई सुझाव दिनुका साथै सार्वजनिक पदाधिकारीलाई उत्तरदायी बनाउने प्रयास गर्छ ।’
यो वर्षको बहस तथा मन्थनमा देशभरबाट विभिन्न नेता, विद्धान, साहित्यकार तथा सामाजसेवीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण