स्मार्टफोन अनर एक्स९बी भारतमा पनि लन्च
काठमाडौँ । नेपालमा आयात हुने सबै स्मार्टफोनहरू भारतमा भन्दा धेरै महँगो हुने गर्दछन्। एकै मोडेल र भेरियन्टको मूल्य भारतमा भन्दा नेपालमा बढी हुने गर्दछ । जसमा कुनै मोडलहरूको मूल्य त भारतको तुलनामा भन्दा दोब्बर नै हुने गर्दछ। तर अहिले भर्खरै लन्च भएको अनरको स्मार्टफोनमा भने कुरा केहि फरक रहेको छ।
अनर एक्स९बी भारतमा लन्च गरिएको छ, जुन नेपालमा भन्दा पछि लन्च भएको हो भने मूल्य पनि उस्तै छ । नेपालमा यसअघि नै २१ जनवरीमा लन्च भएको अनर एक्स९बीको (१२+२५६) जीबी को मूल्य रु. ४३,९९९ रहेको छ। भारतमा भने उक्त स्मार्टफोन १५ फेब्रुअरीमा लन्च भएकामा मूल्य (८+२५६) जीबी भेरियन्टका लागि २५,९९९ भारतीय रुपैयाँ तोकिएको छ । जसअनुसार नेपालमा रु. ४१,६०० पर्न जान्छ। यसबाहेक, नेपालीहरूले अनब्रेकेबल स्मार्टफोन तीन रङमा पाउन सक्छन् जहाँ भारतमा भने दुईवटा विकल्प छन्।
स्मार्टफोन जगतमा यसलाई यो राम्रो पहल मान्न सकिने र भविष्यमा पनि यस्तै हुने हो भने भारतबाट स्मार्टफोन किन्ने प्रवृत्तिमा परिवर्तन आउने कम्पनीको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण