आफ्नै अपहरणको नाटक गर्ने ताइवानी युट्युबवरलाई जेल सजाय
नोम पेन । एक ताइवानी युट्युबवरलाई कम्बोडियामा जेल सजाय दिइएको छ । साथीसँग मिलेर आफ्नै अपहरणको नाटक गर्ने चेन नेङ–चुआन नाम गरेका युवकलाई २ वर्षको जेल सजाय दिइएको हो ।
प्रहरीले चेनको साथमा उनको साथी लु शु ह्सेएनलाई पनि समातेको थियो । लुलाई पनि २ वर्षकै सजाय दिइएको छ । उनीहरुले शिहानोउकभिल्ले सहरमा एउटा समूहले आफूहरुलाई अपहरण गरेको अनि कुटपिट गरेको भिडियो पोस्ट गरेका थिए । उक्त सहर मान्छेहरूको सामूहिक अपहरण गर्ने अनि अपहरितहरूलाई अनलाइन घोटालामा काम गर्न बाध्य पार्ने सहरका रूपमा कुख्यात छ ।
सोमबार ‘गूडनाइट चिकेन’का नामले चर्चित युट्युबवर चेनले अपहरणमा परेको अनि मद्दत चाहिएको भन्दै भिडियो पोस्ट गरेका थिए । त्यसको भोलिपल्ट चेनकी श्रीमतीले आफ्नो श्रीमान् हराएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिन् । त्यसपछि चेनले आफूहरू अपहरणकारीको फन्दाबाट फुत्किएर भागेको अर्को भिडियो पोस्ट गरे । शरीरका कयौँ हिस्सामा चोट लागेको अनि टाउकोमा केही ठाउँमा खौरिएको उनले बताएका थिए ।
तर अनलाइनमा पोस्ट गरिएको भिडियोमा देखाइएको स्थान हेरेर एक जना अनलाइन इन्फ्लुएन्सरले चेन भाग्नुको सट्टा एकै ठाउँमा गोलगोल घुमिरहेको औँल्याइदिए । अनि अपहरणकारीहरूलाई लाइभ स्ट्रिमका लागि उपकरण साथमै किन छाडे भन्ने प्रश्न पनि उठ्यो ? चाँडै नै प्रहरीले दुबैलाई समाते ।
प्रान्तीय अदालतले शुक्रबार सामाजिक सुरक्षामा खलल पुर्याएको ठहर गर्दै दुबैलाई २ हजार डलर जरिवाना तिर्न र २ वर्षको जेल सजाय सुनायो । कम्बोडियामा पछिल्लो मानव तस्करी सम्बन्धी अनलाइन घोटाला निकै ठुलो समस्या बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनी भर्सेस कुरासाओ
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण