गण्डकीको हिउँदे अधिवेशन फागुन १६ गतेदेखि
आइतबार, ०६ फागुन २०८०, २० : ०९
पोखरा । गण्डकी प्रदेशको हिउँदे अधिवेशन फागुन १६ गतेदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संसद् बैठक आह्वान गरेका हुन् ।
आगामी अधिवेशनका लागि बिउ विजन र आमसञ्चार विधेयक संसदीय समितिमा छलफल भएर ठिक्क पारिएको छ । संशोधनसहितको प्रतिवेदन संसद् सचिवालयमा फिर्ता भैसकेको छ ।
यस्तै, सरकारले थप २ वटा विधेयक तयार गरेको छ । माघ २९ गते बसेको बैठकले दुवै विधेयकलाई संसद्मा पेस गर्ने निर्णय गरेको छ ।
प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद्मा पेस गर्ने निर्णय भएको प्रवक्ता सरस्वती अर्याल तिवारीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण