लुम्बिनी प्रदेश निजामती सेवा नियमावली स्वीकृत
बुटवल । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली २०८०’ स्वीकृत गरेको छ । प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नियमावली स्वीकृत गरेको हो ।
ऐनको दफा १३१ ले प्रक्रियागत र कार्यविधिगत पक्षमा स्पष्टता ल्याइ कार्यान्वयन गर्न विभिन्न नियमावलीसहितका कानुनहरू बनाउन सक्ने व्यवस्था अनुसार प्रदेश निजामती सेवा नियमावली २०८० ल्याइएको सरकारले बताएको छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्मचारीहरूको व्यवस्थापन र वृत्तिविकासका लागि ऐन र नियमावली सरकारले ल्याएको बताए । उनले प्रदेशका निजामती कर्मचारीको लागि कानुन नियम बनिसकेको र अब सरकारले स्थानीय तह कर्मचारी सेवा ऐन ल्याउने तयारी गरेको बताए ।
त्यसै गरेर ‘प्रदेशका आयोजनाको बहुबर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड २०८०’ स्वीकृत गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण