शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

पेस्तोलबाट गोली चलेपछि बलम्बुका इन्स्पेक्टरमाथि आन्तरिक छानबिन

दुईजना सामान्य घाइते
आइतबार, ०६ फागुन २०८०, २१ : ०५
आइतबार, ०६ फागुन २०८०

काठमाडौँ । प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टरले बोक्ने पेस्तोल आइतबार अचानक पड्किएको छ । आफ्नो ड्युटी सकेर जिन्सी शाखामा हतियार बुझाउन लाग्दा पेस्तोलबाट एक राउण्ड गोली चलेको बताइएको छ । सो घटना ‘दुर्घटना’ भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए।

गोली लागेर प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठका बडीगार्ड र एकजना सेवाग्राही सामान्य घाइते भएका छन् । सेवाग्राहीको खुट्टाको औँलामा चोट लागेको छ ।  गोली चलेपछि इन्स्पेक्टर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाइएको छ । टेकुस्थित परिसरमा ल्याएर उनीमाथि आन्तरिक छानबिन सुरु गरिएको छ । इन्स्पेक्टर श्रेष्ठमाथि आन्तरिक छानबिन भइरहेको एसएसपी खत्रीले जानकारी दिए ।

माघ २५ मा बलम्बु प्रभागको भ्यानबाट खसेर सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको थियो । राति सवा ११ बजेमा प्रहरीको बा.१ झ ७४१८ नम्बरको भ्यानबाट उनी सडकमा खसेका हुन् ।  त्यसबारे उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनाली नेतृत्वको टिमले छानबिन गरिरहेको छ । भ्यानको चालक सहायक हवल्दार रामप्रसाद यादव अहिले थुनामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप