पेस्तोलबाट गोली चलेपछि बलम्बुका इन्स्पेक्टरमाथि आन्तरिक छानबिन
काठमाडौँ । प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टरले बोक्ने पेस्तोल आइतबार अचानक पड्किएको छ । आफ्नो ड्युटी सकेर जिन्सी शाखामा हतियार बुझाउन लाग्दा पेस्तोलबाट एक राउण्ड गोली चलेको बताइएको छ । सो घटना ‘दुर्घटना’ भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए।
गोली लागेर प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठका बडीगार्ड र एकजना सेवाग्राही सामान्य घाइते भएका छन् । सेवाग्राहीको खुट्टाको औँलामा चोट लागेको छ । गोली चलेपछि इन्स्पेक्टर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाइएको छ । टेकुस्थित परिसरमा ल्याएर उनीमाथि आन्तरिक छानबिन सुरु गरिएको छ । इन्स्पेक्टर श्रेष्ठमाथि आन्तरिक छानबिन भइरहेको एसएसपी खत्रीले जानकारी दिए ।
माघ २५ मा बलम्बु प्रभागको भ्यानबाट खसेर सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको थियो । राति सवा ११ बजेमा प्रहरीको बा.१ झ ७४१८ नम्बरको भ्यानबाट उनी सडकमा खसेका हुन् । त्यसबारे उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनाली नेतृत्वको टिमले छानबिन गरिरहेको छ । भ्यानको चालक सहायक हवल्दार रामप्रसाद यादव अहिले थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण