सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानको परिवारका सदस्यको सुरक्षा बढाइयो, भिनाजु आयुष पनि बुलेट प्रुफ कारमा हिँड्ने

सोमबार, ०७ फागुन २०८०, १७ : ३८
सोमबार, ०७ फागुन २०८०

नयाँ दिल्ली । हालै मात्र भारतीय प्रहरीले बलिउडका दबंग खान अर्थात् सलमान खानको सुरक्षामा व्यवस्था कसिलो पारेको थियो । अब भने उनको परिवारका सदस्यहरुको समेत सुरक्षा बढाइएको छ । ग्याङ स्टार लरेन्स विश्नोईले दिएको ज्यान मार्ने धम्कीका कारण खान र उनका परिवारका सदस्यहरूको सुरक्षा व्यवस्था कसिलो पारिएको छ ।

खानलाई पहिला देखि नै मुम्बई पुलिसले वाई प्लस सुरक्षा प्रदान गरिरहेको छ । सञ्चार   माध्यममा छापिएका समाचारका अनुसार अब सलमानको परिवार र भिनाजु (बहिनी अर्पिताका पति आयुष शर्मा) को सुरक्षा पनि कडा बनाइएको छ ।

कडा पारियो आयुष शर्माको सुरक्षा व्यवस्था

खबरहरूका अनुसार अभिनेता आयुष शर्मालाई पनि प्रहरी सुरक्षा दिइएको छ । अब उनी जहाँ–जहाँ जान्छन्, त्यहीँ त्यहीँ सुरक्षाका लागि प्रहरी तैनाथ हुनेछन् । कुनै सार्वजनिक कार्यक्रम वा फिल्मसँग सम्बन्धित कुनै प्रमोशनल गतिविधिमा जानुपरेमा उनलाई सलमानको बुलेट प्रुफ गाडीमा यात्रा गर्न भनिएको छ । कडा सुरक्षा सतर्कताका कारण सलमानलाई निजी हतियार राख्न अनुमति दिइएको थियो ।

पारिवारिक सुरक्षामा ध्यान

सन् २०२२ देखि सलमानलाई ग्याङ्स्टर विश्नोइबाट ज्यान मार्ने धम्की आइरहेको थियो । त्यसबेलादेखि मुम्बई पुलिसले उनको लागि समय समयमा कडा सुरक्षा व्यवस्था गरिरहेको थियो । गत वर्ष नोभेम्बरमा धम्की आएपछि मुम्बई प्रहरीले विस्तृत सुरक्षाको व्यवस्था गरेको थियो । अब यसलाई बढाउँदै उनको परिवारका सदस्य, खासगरी उनका ज्वाइँ आयुष शर्मालाई पनि सुरक्षाको घेरामा राखिएको छ ।

सल्लुको कारमा हिँड्नेछन् आयुष !!

हालै सलमानले आफ्नो सुरक्षाका लागि महँगो बुलेट प्रुफ कार किनेका थिए । यही गाडीमा आयुषलाई पनि यात्रा गर्न भनिएको छ । दिनहुँजसो धम्कीपूर्ण पत्रहरू आउन थालेपछि पूरै परिवार भयवित बनेको छ । यसैले मुम्बई पुलिसको सारा ध्यान सलमानको परिवारको सुरक्षामा केन्द्रित छ । आयुषको आगामी फिल्मको कुरा गर्ने हो भने उनी एक्सन थ्रिलर फिल्म ‘रुस्लान’ मा देखिँदैंछन् । फिल्मको कुनै पनि प्रमोशनल कार्यक्रममा आयुष जाँदा प्रहरी तैनाथ गरिने भएको छ । सुरक्षाको यो मुद्दामा पूरै बलिउड र फ्यानहरूले सलमानलाई निरन्तर साथ दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप