गोपीचन्द्र पार्कीले लण्डन म्याराथनमा सहभागिता जनाउने
सोमबार, ०७ फागुन २०८०, १८ : ०३
काठमाडौँ । म्याराथन धावक गोपीचन्द्र पार्कीले टिसिएस लण्डन म्याराथनमा सहभागिता जनाउने भएका छन् । सोेमबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा गोपीले लण्डन म्याराथनमा राम्रो नतिजाको लागि प्रयास गर्ने बताए । उनले लण्डन म्याराथन २०८१ वैशाख ९ (अप्रिल) २१ मा हुनेछ । लण्डन म्याराथनका लागि नेपाल युके रनले व्यवस्थान गरेको छ ।
युके रनका प्रतिनिधि सन्तोष राईले भविष्यमा पनि नेपालगञ्ज म्याराथन र हाफ म्याराथनका विजेतालाई पनि लण्डन म्याराथनमा सहभागिता गराउन प्रयास गरिने बताए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले नेपालगञ्ज, पोखरा र काठमाडौँ म्याराथनलाई राखेपले महत्वका साथ हरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण