अवैध लागु औषधसहित १४ जना पक्राउ
मङ्गलबार, ०८ फागुन २०८०, १२ : २३
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कास्कीसहितका स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।
कास्की- पोखरा महानगरपालिका-३० पावरहाउस स्थितबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ ग्रामसहित मकवानपुर हेटौडा उपमहानगरपालिका-१८ हरमाडी बस्ने २९ वर्षीय भिम बहादुर घलानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग.१ ख ६०४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
- बर्दिया- बाँसगढी नगरपालिका-६ दमौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय नबिन भन्ने धन बहादुर कठायतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
- बर्दिया- बाँसगढी नगरपालिका-७ देउडाकलास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ५० मिलिग्रामसहित सोही नगरपालिका-९ माछागढ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले साइकलयात्री उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अन्य ४ जनालाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
- मोरङ- विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम १२ मिलिग्रामसहित भारत घर भएका २१ वर्षीय मो.सल्मानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
- झापा- अर्जुनधारा नगरपालिका-११ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीया शोभा श्रेष्ठ समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले श्रेष्ठको घरको तलासी गर्दा उक्त पदार्थ, मोबाइल ११ थान, नगद ३७ हजार रूपैयाँ, घडी ४ थान, इयरबट २ थान, पावरबैंक १ थानसहित उनीहरूलाई पक्राउ गरेको हो ।
- रूपन्देही- कोटहिमाई गाउँपालिका-२ खडैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ४० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका-६ बस्ने बलिराम बढई र मायादेवी गाउँपालिका-३ बस्ने राम शरण चमार रहेका छन् । ईलाका प्रहरी कार्यालय बेथरी र अस्थायी प्रहरी पोष्ट रम्बापुरबाट खटिएको प्रहरीले लु.५ प ३५८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
- यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण