शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

निकै लाभकारी छन् यी पाँच काला खाद्यवस्तु

मङ्गलबार, ०८ फागुन २०८०, १३ : २१
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । खानामा सेतोको सट्टा कालो खानेकुरा खानुको धेरै फाइदा छन् । यहाँ हामी यस्ता ५ ब्ल्याक सुपर फुडबारे कुराकानी गर्न गइरहेका छौ, जसलाई भोजनमा समावेश गर्ने हो भने धेरैथरी स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

कालो, निलो र बैजनी रंगका खानेकुरामा एन्थोसायनिन नामक पिग्मेन्ट पाइन्छ । यो पिग्मेन्टमा पाइने एन्टिअक्सिडेन्ट गुणले स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ र मस्तिष्क घात, मुटुसम्बन्धी रोग र क्यान्सर जस्ता गम्भीर रोगहरूबाट बचाउँछ । ब्ल्याक सुपर फुडले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र मौसमी सङ्क्रमणबाट बचाउँछ ।

कालो तिल

कालो तिलमा गूड फ्याट, ओमेगा ३, आइरन, क्याल्सियम, म्याग्नेसियम, जिंक र एन्टिअक्सिडेन्ट पाइन्छ । कालो तिलको दाना खाँदा हड्डी बलियो बनाउँछ, सुन्निने समस्या हट्छ र मुटुसम्बन्धी रोगहरूबाट बचाउँछ । कालो तिलमा फाइबर, प्रोटिन, म्याग्नेसियम, पोटासियम, आइरन, क्याल्सियम, जिंक, सेलेनियम र भिटामिन ई आदि प्रशस्त मात्रामा पाइन्छ । यसमा सेसमिन पनि हुन्छ । सुन्निने समस्या कम गर्नमा यसले महत्त्वपूर्ण भूमिका खेल्छ । कालो तिल खाँदा जोर्नी दुख्ने समस्याबाट आराम मिल्छ । कालो तिललाई परौठा, नान, चटनी, लड्डु, स्मूदी, सलादमा माथिबाट छर्किएर खान सकिन्छ ।

कालो चामलले पाचन क्रियालाई स्वस्थ राख्छ

कालो चामलमा राम्रो मात्रामा फाइबर, आइरन र जिंक पाइन्छ । पिग्मेन्ट र एन्टिअक्सिडेन्टका कारण यो चामल विशेष बनेको हो । कालो चामलले पाचन क्रियालाई स्वस्थ राख्छ । सेतो भात खानुभन्दा कालो भात खाँदा तौल छिटो कम हुन्छ । कालो चामल खाँदा कमजोरी र थकान हुँदैन । यो चामल रक्त अल्पतामा पनि फाइदाजनक हुन्छ । बालबालिकालाई कालो चामलको खीर, जाउलो, रोटी आदि खुवाउनुपर्छ । यसले उनीहरूको आँखा स्वस्थ बनाउँछ ।

सुगरलाई नियन्त्रणमा राख्छ मासको दालले

मासको दाल प्रोटिन र फलामको उत्कृष्ट स्रोत हो । यसमा पाइने फाइबरले पाचनलाई स्वस्थ राख्छ, मुटुको स्वस्थ र रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्छ । मासको दालमा एन्टि न्यूट्रिएन्ट हुन्छ । त्यसैले यसलाई हटाउनका लागि दाललाई सधैँ भिजाएर मात्रै पकाउनुपर्छ । यो दाल पुरुषका लागि निकै फाइदाजनक छ । यसको सेवनले पुरुषको स्पर्म काउन्ट बढ्छ । मासको दालले ऊर्जाको स्तर बढाउँछ र स्नायु प्रणालीसँग सम्बन्धित रोगहरूलाई पनि टाढा राख्न मद्दत गर्छ ।

कालो अङ्गुरले जवान देखिन मद्दत गर्छ

कालो अङ्गुरमा एन्टिअक्सिडेन्ट पाइन्छ । यो मुटुको स्वास्थ्यका लागि फाइदाजनक छ । यसले छाला जवान देखिन्छ । यसमा भिटामिन सी पनि हुन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । कालो अङ्गुरमा क्यालोरी निकै कम हुन्छ भने प्रशस्त मात्रामा पानी पाइन्छ। कालो अङ्गुरलाई फ्रुट चाट, सलाद, स्मूदी आदिमा हालेर खान सकिन्छ ।

कालो किसमिस

कालो किसमिस खाँदा तत्काल ऊर्जा प्राप्त हुन्छ । यसलाई नियमित आहारमा समावेश गर्नाले एनीमिया, ओस्टियोपोरोसिस, थकान र सास फेर्नमा समस्या हुन्न । कालो किसमिस नियमित सेवन गर्नाले छाला चाँडै बुढो पनि देखिँदैन । यसको नियमित सेवनले कपाल कालो, बाक्लो र लामो हुन्छ भने झर्न पनि कम हुन्छ । थकित महसुस गरिरहनु भएको छ भने कालो किसमिस खानुस् । तुरुन्त ऊर्जा पाउनु हुनेछ । कालो किसमिस छालामा अकालमा चाउरी पर्नबाट जोगाउन पनि फाइदाजनक हुन्छ । दिनहुँ कालो किसमिस खाने हो भने छाला चाँडै बुढो पनि हुँदैन र अनुहारको चमक पनि बढ्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप