मनकामना र नेपाल गुरुकुल क्वार्टरफाइनलमा
काठमाडौँ । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघद्वारा संयुक्त रुपमा आयोजित अन्तरस्कुल क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा विजयी हुँदै मनकामना स्कुल र नेपाल गुरुकुल स्कुल क्वार्टरफाइनलमा पुगेका छन् ।
विराटनगरस्थित वैजनापुर क्रिकेट मैदानमा मंगलबार खेलिएको पहिलो खेलमा मनकामना स्कुलले डीएभी स्कुललाई ४९ रनले हरायो । टस जितेर ब्याटिङ गरेको मनकामनाले निर्धारित २० मध्ये १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ४७ रन बनाएको थियो ।
मनकामनाका लागि म्यान अफ दी म्याच घोषित लक्षमण तत्माले सर्वाधिक ५३ रन बनाए । डीएभीका बलर प्रशान साहले चार विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको डीएभीले १९.५ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनाउन सक्यो । डीएभीका लागि प्रनव कर्णले २३ रन बनाए । मनकामनाका बलर अमन अन्सारीले तीन विकेट लिए ।
दोस्रो खेलमा नेपाल गुरुकुल स्कुलले श्री पञ्चायत स्कुललाई ५८ रनले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको नेपाल गुरुकुलले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय दुई रन बनायो । नेपाल गुरुकुलका लागि अधा फिरोजले ३० रनको योगदान गरे । श्री पञ्चायतका बलर मनिष थापा र संविधान लिम्बुले तीन–तीन विकेट लिए ।
जवाफी ब्याटिङमा ओर्लिएको श्री पञ्चायतले भने १४.२ ओभरमै अलआउट हुनुअघि ४४ रनमात्र बनाउन सक्यो । श्री पञ्चायतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाल गुरुकुलका बलर थोमश कर्णले तीन विकेट लिए । उनी म्यान अफ दी म्याच घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण