सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

रसुवागढी आयोजनाका सञ्चालकसहितको टोली अष्ट्रेलिया ‘सयर’मा जाँदै

मङ्गलबार, ०८ फागुन २०८०, १७ : ४९
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । निर्माणाधीन रसुवागढी हाइड्रोपावरका सञ्चालकसहित ४ जना सदस्यीय टोली अष्ट्रेलिया भ्रमणमा जाने भएको छ । चैत महिनामा सञ्चालकसहित ४ सदस्यीय टोली अष्ट्रेलिया भ्रमणको तयारीमा जुटेको हो ।

रसुवामा निर्माणाधीन अवस्थाको रसुवागढी हाइड्रोपावर १११ मेगावाट क्षमताको आयोजना हो । यो २०७४ सालमा नै निर्माण सम्पन्न भइ उत्पादन सुरु गर्नुपर्ने आयोजना हो । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे हाइड्रोपावरको लगानीमा बन्दै गरेको यो आयोजना परीक्षणको चरणमा छ ।

परीक्षणको अवस्थामा रहेको यो आयोजनाबाट यही चैतको तेस्रो सातादेखि उत्पादन थाल्ने लक्ष्य कम्पनीले बनाएको छ । तर, वर्षौ अघि सम्पन्न भएर उत्पादन सुरु भइसक्नुपर्ने आयोजनाको सञ्चालक र कर्मचारी विदेश सयरमा जाने भएका हुन् । यही वर्षको वैशाखमा कम्पनीको सञ्चालक समितिको बैठकले नै ४ जनाको विदेश भ्रमणबारे निर्णय गरेको थियो ।

रसुवागढी हाइड्रोपावरको अष्ट्रेलियाको परामर्सदाता ‘स्मेक’को निम्तोमा अष्ट्रेलिया जान लागेको बताइएको छ । रसुवागढी हाइड्रोपावर चिलिमे हाइड्रोपावरको लगानीमा निर्माण भइरहेको कम्पनी हो । यो कम्पनीको सञ्चालकमा प्रदीप थिके छन् । यो आयोजनाको निर्माणमा ब्याजबाहेकको लगानी नै साढे १८ अर्बभन्दा धेरै पुगिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप