विराट–अनुष्कालाई पुत्रलाभ,नाम राखे ‘अकाय’
मङ्गलबार, ०८ फागुन २०८०, २१ : ५०
काठमाडौँ । भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मालाई दोस्रो सन्तान प्राप्ति भएको छ । पाँच दिन अघि यो दम्पतीले दोस्रो सन्तान प्राप्ति गरे पनि बल्ल यसबारे सार्वजनिक गरेका हुन् ।
अनुष्का शर्माको इन्स्टाग्राम अकाउन्टबाट उनीहरुले दोस्रो सन्तानका रुपमा आफूहरुलाई पुत्रलाभ भएको जानकारी दिएका हुन् । उनीहरुले छोराको नाम ‘अकाय’ राखिएको पनि जनाएका छन् ।
यो दम्पतीको पहिलो सन्तानका रुपमा छोरी छिन् । उनीहरुको छोरी वामिकाको जन्म सन् २०२१ मा भएको हो ।
कोहलीले इंग्ल्याण्डविरुद्ध जारी टेस्ट शृङ्खलाबाट ‘ब्रेक’ लिएका थिए । पाँच म्याचको शृङ्खलामा तीन खेल सम्पन्न भइसकेको छ, जसमा विराट सामेल थिएनन् । बाँकी दुई म्याचमा विराट उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने प्रस्ट भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण