एउटा क्षेत्रको सुधारले मात्र सामाजिक न्याय सुनिश्चित गर्न सकिँदैन : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एउटा क्षेत्रको सुधारले मात्र सामाजिक न्याय सुनिश्चित गर्न नसकिने बताएका छन् । उनले आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक सबै क्षेत्रमा समान अवसर र पहुँचले मात्र सामाजिक न्यायको अनुभूति हुने भएकाले साझा प्रयास र प्रतिबद्धता महत्त्वपूर्ण रहेको बताएका हुन्।
विश्व सामाजिक न्याय दिवस २०२४ को अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सामाजिक न्याय प्रति बढ्दो चासो र आवश्यकताका सम्बन्धमा निजी क्षेत्र पनि सजग र जिम्मेवार हुँदै गएको बताए । सो कार्यक्रममा ढकालले नेपालको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि चर्चा गरे ।
उनले अर्थतन्त्रको ठुलो हिस्सा अनौपचारिक रहेको एवं वर्गीय, जातीय विविधता रहेको हाम्रो मुलुकको लागि ‘सोसियल जस्टिस’को प्रवर्द्धन र सुनिश्चितता चुनौतीपूर्ण रहेको जानकारी दिए । सामाजिक न्यायको अवधारणाले व्यापकता पाइरहेको सन्दर्भमा नेपालमा पछिल्ला वर्षहरूमा सामाजिक न्यायको लागि थुप्रै कामहरू भएका विषय मा जानकारी दिए ।
आफ्नो मन्तव्य राख्ने क्रममा उनले सामाजिक न्याय प्रवर्द्धनका लागि सुरु भएको विभिन्न प्रयास र कार्यक्रममा निजी क्षेत्र सहभागी रहेको बताए । ढकालले सामाजिक न्यायको लागि नीतिगत सुधार, कानुन निर्माण र संस्थागत व्यवस्थामा निकै प्रगति भएको जानकारी दिए ।
मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान गरिरहेको निजी क्षेत्र सामाजिक न्यायको प्रवर्द्धन गर्ने कार्यलाई पनि जिम्मेवारी पूर्वक निर्वाह गर्दै आएको ढकालले जानकारी दिए । उनले रोजगारदाता र श्रमिकबिच सहकार्य र समझदारी विना श्रम सम्बन्ध दिगो हुन नसक्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण