आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एउटा क्षेत्रको सुधारले मात्र सामाजिक न्याय सुनिश्चित गर्न सकिँदैन : अध्यक्ष ढकाल

बुधबार, ०९ फागुन २०८०, १० : ४०
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एउटा क्षेत्रको सुधारले मात्र सामाजिक न्याय सुनिश्चित गर्न नसकिने बताएका छन् । उनले आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक सबै क्षेत्रमा समान अवसर र पहुँचले मात्र सामाजिक न्यायको अनुभूति हुने भएकाले साझा प्रयास र प्रतिबद्धता महत्त्वपूर्ण रहेको बताएका हुन्।

विश्व सामाजिक न्याय दिवस २०२४ को अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सामाजिक न्याय प्रति बढ्दो चासो र आवश्यकताका सम्बन्धमा निजी क्षेत्र पनि सजग र जिम्मेवार हुँदै गएको बताए । सो कार्यक्रममा ढकालले नेपालको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि चर्चा गरे । 

उनले अर्थतन्त्रको ठुलो हिस्सा अनौपचारिक रहेको एवं वर्गीय, जातीय विविधता रहेको हाम्रो मुलुकको लागि ‘सोसियल जस्टिस’को प्रवर्द्धन र सुनिश्चितता चुनौतीपूर्ण रहेको जानकारी दिए । सामाजिक न्यायको अवधारणाले व्यापकता पाइरहेको सन्दर्भमा नेपालमा पछिल्ला वर्षहरूमा सामाजिक न्यायको लागि थुप्रै कामहरू भएका विषय मा जानकारी दिए ।

आफ्नो मन्तव्य राख्ने क्रममा उनले सामाजिक न्याय प्रवर्द्धनका लागि सुरु भएको विभिन्न प्रयास र कार्यक्रममा निजी क्षेत्र सहभागी रहेको बताए । ढकालले सामाजिक न्यायको लागि नीतिगत सुधार, कानुन निर्माण र संस्थागत व्यवस्थामा निकै प्रगति भएको जानकारी दिए ।

मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान गरिरहेको निजी क्षेत्र सामाजिक न्यायको प्रवर्द्धन गर्ने कार्यलाई पनि जिम्मेवारी पूर्वक निर्वाह गर्दै आएको ढकालले जानकारी दिए । उनले रोजगारदाता र श्रमिकबिच सहकार्य र समझदारी विना श्रम सम्बन्ध दिगो हुन नसक्ने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप