आईसीसी विश्वकप लिग-२ क्रिकेट
नामिबियाविरुद्ध २० ओभरमा नेपालको चार विकेट गुमाएर १०० रन
बुधबार, ०९ फागुन २०८०, १० : ५३
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर १०० रन बनाएको छ । नेपालका पाँचौँ नम्बरका ब्याट्सम्यान कुशल मल्ल २२ र छैटौँ नम्बरका ब्याट्सम्यान रोहित पौडेल शून्य रन बनाउँदै क्रिजमा छन् ।
त्यसअघि १९.५ ओभरमा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख ५८ रन बनाउँदै आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले ६४ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण