दीपेन्द्र ऐरीले लिए नामिबियाको चौथो विकेट
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले चौथो विकेट गुमाएको छ । नामिबियाको चौथो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । दीपेन्द्रले नामिबियाका पाँचौँ नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकलाई चार रनको ब्यक्तिग स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । १७.३ ओभरमा जन फ्राइलिंक आउट हुँदा नामिबियाले चार विकेट गुमाएर ८६ रन बनाएको छ ।
तेस्रो नम्बरका ब्याट्सम्यान माइकल भान लिंगेनलाई ३१ रनको ब्यक्तिग स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन् । १२.१ ओभरमा माइकल आउट हुँदा नामिबियाले ६९ रन बनाको छ । त्यसअघि नामिबियाले पहिलो विकेटका रुपमा ओपनर निकोलस डाभिनलाई गुमाएको थियो । उनी आठ रनको ब्यक्तिग स्कोरमा रन आउट भएका थिए । १.४ ओभरमा निकोलस आउट हुँदा नामिबियाले केवल १० रन बनाएको थियो ।
नामिबियाले दोस्रो विकेटका रुपमा ओपनर जिन पियर कोट्जीलाई तीन रनको ब्यक्तिग स्कोरमा गुमाएको थियो । उनको विकेट नेपालका कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले उनलाई बोल्ड गरेका हुन् । ४.१ ओभरमा उनी आउट हुँदा नामिबियाले १७ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण