एमाले बैठकमा चार अवधारणामाथि समूहगत छलफल
काठमाडौँ । नेकपा एमालेको सातौ केन्द्रीय कमिटी बैठकमा नेताहरुले प्रस्तुत गरेका विभिन्न अवधारणमाथि समूहगत छलफल जारी छ । बैठकको दोस्रो दिन पेश भएका अवधारणामाथि नौ वटा समूहमा छलफल जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
नेता गौतमकाअनुसार सात प्रदेशका तर्फबाट सातवटै प्रदेशका अध्यक्ष समुहका नेता चयन भएका छन् भने स्थायी कमिटीको समुहनेता काशीनाथ अधिकारी र सम्पर्क समन्वय कमिटीको पेम्वा लामा चयन भएका छन् ।
मंगलबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी शुद्धिकरण र सुदृढिकरण, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनआधारित पार्टी निर्माण, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समिक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार जनदवाव सम्बन्धी अवधारणासहितका कार्ययोजना प्रस्तुत गरेका थिए ।
बैठकमा सहभागी सदस्यहरुका सुझाव समेत समेटेर समूहका नेताले बिहीबार बैठकमा पेश गर्नेछन् । बिहीबार नै अध्यक्ष केपी शर्माओलीले बैठकमा उठेका प्रश्नको जवाफ दिएर बैठक समापन गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण