हारजित जेसुकै होस् एक्लै चुनावमा जानुपर्छ : देवेन्द्र पौडेल
काठमाडौँ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले हारजित जेसुकै भए पनि आगामी निर्वाचनमा एक्लै भाग लिनुपर्ने पक्षमा उभिएका छन् । कांग्रेसको जारी महासमिति बैठकमा चुनावअघि गठबन्धन गर्ने कि नगर्ने विषयमा छलफल भइरहेका बेला उनी गठबन्धनको विपक्षमा देखिएका हुन् ।
‘लोकतन्त्रमा दलहरूले सकेसम्म आफ्नो पोजिसन आफ्नै थितिअनुसार अलग अलग ढङ्गले चुनाव लड्दा जनताको बिचमा आफ्नो हैसियत प्रस्ट हुन्छ । त्यसैले हामीले पनि आफ्नै ढङ्गले चुनावमा भाग लिनुपर्छ’, बुधवार रातोपाटीसँग उनले भने, ‘हारजित जेसुकै होस् एक्लै जानुपर्छ भन्ने निर्णय गरेका छौँ । कांग्रेसले पनि त्यो निर्णय गर्ने कुरालाई हामी अन्यथा मान्दैनौँ । गठबन्धन भनेको परिणाम आइसकेपछि सरकार बनाउन बहुमत पुगेन भने त्यो बेला गर्ने विषय हो । तर सामान्यतया दलको नियम अनुसार चुनाव एक्लै लड्ने कुरा आफैमा सही छ ।’
उनले मिसन ८४ आउन धेरै समय बाँकी रहेकाले त्यतिबेलासम्म पार्टीलाई बलियो बनाउने कोसिस गर्ने बताए । ‘भर्खर केन्द्रीय समिति बैठक, विधान अधिवेशन भएको छ । महाधिवेशन पनि गर्ने भनेको छौँ । रूपान्तरण अभियान भइसकेको छ । यी सबैको सार कुरा अब नयाँ ढङ्गले जानुपर्छ भन्ने हो । चुनावको तयारी पनि त्यहीअनुसार गर्ने हाम्रो तयारी छ’, उनले भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण