संसद
एमालेद्वारा एकसाथ तीन मन्त्रीको राजीनामा माग
बिहीबार, १० फागुन २०८०, ११ : १७
काठमाडौँ । नेकपा एमालेले एकसाथ तीन मन्त्रीको राजीनामा माग गरेका छन् । एमालेले विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग गरेको हो ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको माग गरे ।
प्रधानमन्त्रीले सुशासनको भाषण गर्ने तर लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको पन्तले बताए ।
यस्तै बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्यमन्त्रीलाई सरकारबाट हटाउन पनि उनले माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण