सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद

एमालेद्वारा एकसाथ तीन मन्त्रीको राजीनामा माग

बिहीबार, १० फागुन २०८०, ११ : १७
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । नेकपा एमालेले एकसाथ तीन मन्त्रीको राजीनामा माग गरेका छन् । एमालेले विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग गरेको हो । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको माग गरे ।

प्रधानमन्त्रीले सुशासनको भाषण गर्ने तर लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा  पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको पन्तले बताए ।

यस्तै बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्यमन्त्रीलाई सरकारबाट हटाउन पनि उनले माग गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप