आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
संसद

एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

बिहीबार, १० फागुन २०८०, ११ : २६
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । आफूहरूले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र आवश्यक कारबाही गर्नुपर्ने भन्दै एमालेले बैठक अवरुद्ध पारेको हो । 

यसअघि बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले तीन मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । पन्तले स्वास्थ्य मन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका हुन् ।

बस्नेत भ्रष्टाचार प्रकरणमा मुछिएर अख्तियारमा बयान दिन गएको, किरातीले ल्यारक्याल लामाको गलत कार्यलाई सघाएको तथा ज्वाला बालकुमारी घटनाको मुख्य दोषी भएकाले उनीहरूलाई पदबाट हटाइनुपर्ने एमालेको माग छ ।

यसैबीच सभामुख देवराज घिमिरेले आफूले फागुन ६ गते नै यसबारे स्पष्ट रुलिङ गरिसकेको र यो विषयमा जवाफ दिन फेरि सरकारलाई रुलिङ गरे । त्यसपछि एमाले सांसदहरुले अवरोध खोलेपछि शुन्य समयको कारबाहीस सुरु हुन पुग्यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप