एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । आफूहरूले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र आवश्यक कारबाही गर्नुपर्ने भन्दै एमालेले बैठक अवरुद्ध पारेको हो ।
यसअघि बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले तीन मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । पन्तले स्वास्थ्य मन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका हुन् ।
बस्नेत भ्रष्टाचार प्रकरणमा मुछिएर अख्तियारमा बयान दिन गएको, किरातीले ल्यारक्याल लामाको गलत कार्यलाई सघाएको तथा ज्वाला बालकुमारी घटनाको मुख्य दोषी भएकाले उनीहरूलाई पदबाट हटाइनुपर्ने एमालेको माग छ ।
यसैबीच सभामुख देवराज घिमिरेले आफूले फागुन ६ गते नै यसबारे स्पष्ट रुलिङ गरिसकेको र यो विषयमा जवाफ दिन फेरि सरकारलाई रुलिङ गरे । त्यसपछि एमाले सांसदहरुले अवरोध खोलेपछि शुन्य समयको कारबाहीस सुरु हुन पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण