कर नतिरे फोहोर नउठाउने चेतावनीपछि १६ दिनमै उठ्यो १ करोड रुपैयाँ
विराटनगर । विराटनगर महानगरपालिकाले कर नतिर्ने ठुला संघसंस्था र कम्पनीलाई तत्काल कर तिर्न ताकेता गरेको छ । माग २१ गतेको निर्णय अनुसार महानगरले कर नतिर्नेहरुको फोहोरमैला सङ्कलन, व्यवस्थापनको कार्य स्थगित गर्ने निर्णय गरेको पाइएको छ ।
महानगरपालिकाले माघ २३ गते विभिन्न ९ वटा संघसंस्थालाई उक्त निर्णयबारे जानकारी दिँदै तत्काल कर तिर्न ताकेता गरेको हो । जसमा होटल रत्ना र सोको क्यासिनो, हिमालय टाकिज प्रा.लि., सिटी पार्टी प्यालेस, होटल शोभा इन, बिग होटल, सञ्जीवनी अस्पताल, सप्तकोशी नर्सिङ होम, मोरङ व्यापार संघ र जैन स्वेताम्बर तेरापन्थ भवन छन् ।
सरसफाइ तथा व्यवस्थापन शाखाले उनीहरुले कर नतिरेसम्म फोहोरमैला सङ्कलन सेवा स्थगित गर्न फोहोर व्यवस्थापनको जिम्मा पाएको ‘स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल’लाई पत्राचार गरेको हो ।
विराटनगर महानगरपालिका भित्र व्यापार व्यवसाय सञ्चालन गर्दै आएका दर्जनभन्दा बढी ठुला करदाताले करोडौँ रुपैयाँ कर बुझाउन आलटाल गरिरहेका छन् । महानगरपालिकाका अनुसार पुराना करदाताबाट १३ करोड रुपैयाँभन्दा बढी कर उठ्न बाँकी छ ।
उद्योगी–व्यवसायी पवन राठीले सञ्चालन गर्दै आएको विराटनगर–९ को सिटी प्यालेसले १ करोडभन्दा बढी घर बहाल र सम्पत्ति कर बुझाएको छैन । यस्तै विराटनगर बसपार्कमा रहेको रत्ना होटलले महानगरलाई तिर्नुपर्ने १७ लाख ५३ हजार २७३ रुपैयाँ कर तिरेको छैन । उक्त होटलले व्यावसायिक कर ६ लाख र सम्पत्ति कर ११ लाख ५३ हजार २७३ रुपैयाँ तिर्नुपर्ने देखिएको छ ।
यसैगरी हिमालय टाकिजले अझै ४१ लाख रुपैयाँ कर तिरेको छैन । हिमालय प्रालिले २३ माघमा ५ लाख रुपैयाँ तिरेको छ । यस्तै विराटनगरको बिग होटलले ६ लाख ८८ हजार ९७ रुपैयाँ सम्पत्ति कर र ३ लाख ८० हजार रुपैयाँ व्यावसायिक कर तिरेको छैन । समयमै कर नबुझाए फोहर सङ्कलन नगर्ने भनेपछि बिग होटलले १० लाख रुपैयाँ कर तिरेको छ । बिगले अझै १० लाख ६८ हजार ९७ रुपैयाँ कर बुझाउनुपर्ने देखिएको महानगरले जनाएको छ ।
विराटनगर महानगरपालिका भित्र ६६ हजार २३२ जना करदाता छन् । जसमध्ये ४८ हजार ६७५ जना करदाताले १३ करोड ४५ लाख ९५ हजार ३७७ रुपैयाँ ५० पैसा कर बुझाउनुपर्ने देखिएको विराटनगर महानगरपालिकाका राजस्व प्रमुख सरोजकुमार गौतमले बताए ।
अघिल्लो आर्थिक वर्षमा ३८ हजार ९३८ जना करदाताले २२ करोड १२ लाख १३ हजार ८० रुपैयाँ कर तिरेको महानगरपालिकाको अभिलेखमा देखिन्छ ।
यस्तै विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको फागुन ८ गतेसम्ममा २७ करोड ४० लाख ७० हजार रुपैयाँ कर सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा महानगरले ८९ करोड कर उठाउने लक्ष्य लिएको छ । जसमध्ये सबैभन्दा बढी एकीकृत कर ८ करोड ८ लाख ८८ हजार ६६३, व्यावसायिक कर ३ करोड ६६ लाख ५९ हजार १८४, बहाल कर ५ करोड २ लाख ८४ हजार ९६ रुपैयाँ सङ्कलन गरेको छ ।
यस्तै पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर १ करोड १५ लाख ५ हजार ४१० रुपैयाँ, नक्सापास दस्तुरबाट १ करोड २१ लाख १८ हजार ७५८, अन्य दस्तुरबाट १ करोड ३३ लाख ३ हजार ३९० रुपैयाँ सङ्कलन भएको अभिलेखमा देखिन्छ ।
समयमै कर नुबझाउने ठुला करदाताहरूको फोहोर नउठाउने निर्णय गरेको १६ दिनमै महानगरले १ करोडभन्दा बढी कर सङ्कलन गरेको छ । माघ २० देखि फागुन ६ गतेसम्म सम्पत्ति कर ५१ लाख ६४ हजार ५३, भूमि कर ४ लाख २७ हजार ७ सय ७, घरबहाल कर २९ लाख ३ हजार ३२६ र व्यवसाय कर २५ लाख ७६ हजार २५० रुपैयाँ सङ्कलन भएको महानगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण