बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रे कृषि महोत्सव डेढ करोडले गरेर अवलोकन, ५ करोड रुपैयाँको कारोबार

बिहीबार, १० फागुन २०८०, १५ : ३०
बिहीबार, १० फागुन २०८०

काभ्रे । काभ्रेमा सम्पन्न कृषि महोत्सवमा ५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आयोजक जिल्ला समन्वय समिति काभ्रेका अनुसार ४ दिन सञ्चालन भएको महोत्सवमा कृषि उपज, प्रविधि तथा औजार उपकरण, होटल तथा रैथाने परिकार बिक्री बापत ५ करोड रुपैयाँको कारोबार भएको हो ।

जिसस काभ्रेको संयोजन तथा बनेपा नगरपालिका, कृषि विकास र पशु सेवा कार्यालय, काभ्रेको प्राविधिक समन्वय तथा काभ्रे उद्योग वाणिज्य संघको आर्थिक व्यवस्थापनमा भएको महोत्सवको अवधिमा ५ करोड रुपैयाँको व्यावसायिक कारोबार भएको जनाइएको हो ।

फागुन ४ देखि ७ गतेसम्म सञ्चालित वृहत् कृषि महोत्सवमा कृषिजन्य उपजहरुको विक्री वितरणबाट २ करोड रुपैयाँ, यन्त्र औजार उपकरण तथा प्रविधि (बिक्री तथा अर्डर समेत) एक करोड ५० लाख रुपैयाँ, होटल व्यवसाय एवम् रैथाने परिकार बिक्री बापत १ करोड रुपैयाँ र अन्य सहयोगी क्षेत्र तथा गैर कृषि तर्फको ५० लाख रुपैयाँको कारोबार भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको महोत्सवमा कृषि सम्बन्धी १५० वटा स्टलहरु र होटल तथा रैथाने परिकार र अन्य ५० गरी २०० वटा स्टलहरु राखिएको थियो । ‘देखेपछि विश्वास बढ्छ’ भन्ने वास्तविकताको आधारमा कृषकहरुद्वारा उत्पादित कृषि उपजहरु तथा आवश्यक सामग्री, औजार, उपकरणहरु प्रदर्शन तथा प्रतिस्पर्धासहित प्रविधिको प्रसार मार्फत उत्पादन एवम् उत्पादकत्व अभिवृद्धि गर्ने उद्धेश्य अनुसार महोत्सव आयोजना गरिएको थियो ।

महोत्सव मूल आयोजक समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख दीपक कुमार गौतमका अनुसार महोत्सवमा स्टलबाट कृषिका उदीयमान नवीनतम प्रविधि सम्बन्धी प्रचार प्रसार, सूचना प्रविधिमा आधारित नवीनतम प्रविधिहरुको प्रदर्शन गरिएको थियो भने रैथाने बालीको उपज, बीउ एव प्रविधिहरुको प्रदर्शन, उत्पादन सामाग्रीहरुको व्यावसायिक कारोबार, स्थलगत बाली उपचार शिविर तथा माटो परीक्षण लगायतका कार्यक्रम भएका थिए ।

महोत्सवमा कृषिमा विकसित नवीनतम प्रविधि बारेमा राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरका विषय विज्ञहरुले कृषकहरुको सहभागितामा विभिन्न ८ वटा सेमिनार तथा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गरिएको थियो । कृषिमा साहित्य सम्बन्धी कार्यक्रमको आयोजना गरी विभिन्न स्रष्टाहरुबाट कृषि काव्य, रचना गीत, मुक्तक, कृषि सम्बन्धी नाटक मार्फत जनचेतना जागृत गराउने कार्य भएको प्रमुख गौतमले बताए । स्थलगत रुपमा माटो परीक्षण सेवा बाली उपचार सेवा बाट कृषकहरुलाइ स्थलगत रुपमा नै प्राविधिक सेवा उपलव्ध गराउने काम भएको उनले बताए ।

महोत्सवमा कृषि बीमा तथा सहुलियत पूर्ण कर्जा प्रवाह लगायत कृषिसँग सम्बन्धी सेमिनार तथा अन्तरक्रिया, रैथाने परिकार हस्तकला, होमस्टे सम्बन्धी प्रचार प्रसारात्मक स्टलहरु राखिएको थियो । महोत्सवमा मानव सभ्यतासहितको इतिहास जिवन्त गराउने प्रकृतिको प्रदर्शन, मौलिक कला साहित्य तथा संस्कृति जगेर्नाका लागि सांस्कृतिक कार्यक्रम गरिएको उनले बताए ।  

महोत्सवले कृषकको आयस्तर वृद्धि

महोत्सवले रेथाने बाली एव वस्तुको उल्लेख्य परिमाणमा बजारीकरणमा सघाएको उनको भनाई छ । बेरोजगार युवाहरु व्यावसायिक कृषितर्फ आकर्षित हुने वातावरण तय गर्नुको साथै विदेशबाट फर्केका युवाहरुलाई कृषितर्फ आकर्षित गरी व्यावयसायिक कृषि कर्मतर्फ लाग्न अभिप्रेरित गरेको उनको विश्व रहेको छ । यान्त्रीकरण प्रवद्र्धनमार्फत कृषि उत्पादन लागत घटाउन प्रेरित गरेको उनले बताए ।

उनका अनुसार महोत्सवका कारण जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उत्पादनहरुको निर्यात हुने आधारहरु तयार भएका छन् भने कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिमार्फत तरकारी दुग्ध, खाद्यान्न बालीमा काभ्रेलाई आत्मनिर्भर बनाउने र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने वातावरण सृजना भएको छ ।

काभ्रेमा विभिन्न स्थानीय क्षेत्रहरु कृषि तथा पशुजन्य उत्पादन र व्यवसायका लागि उत्कृष्ट गन्तव्यहरूको रुपमा विकास हुने वातावरण महोत्सवले तय गरेको प्रमुख गौतमको भनाई छ । महोत्सवले स्थानीय तहहरुमा हाट बजारहरू संचालन गर्ने आधार तय भएकाले स्थानीय उत्पादनको बजारीकरणमा कृषकहरुलाई सहयोग पुग्नुको साथै कृषकहरुको आयस्तरमा वृद्धि भएको उनले बताए ।

महोत्सव अवधि भर कृषिजन्य स्टलको अवलोकन तथा अन्तर्क्रिया सेमिनारमा सहभागी ७० हजार र सांस्कृतिक कार्यक्रममा सहभागी समेत गरी १ लाख ५० हजार दर्शकहरुले अवलोकन गरेका थिए ।

उक्त महोत्सवमा कृषिको आधार भूमिमा रही विद्यालय स्तरीय प्रतियोगितात्मक चित्रकला प्रदर्शनीमा उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान समेत गरिएको थियो भने काभ्रेका ३ र सिन्धुपाल्चोकका ३ गरी ६ जना उत्कृष्ट कृषकहरुलाइ पुरस्कृत गरिएको थियो । महोत्सवमा कृषि उपजको प्रदर्शनी तथा कारोवार सहितको आधारमा विभिन्न विधामा २० वटा कृषक समूह, सहकार, कम्पन, फार्मका प्रतिनिधिलाई सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप