चीनले अमेरिकालाई उधारोमा २ पान्डा दिँदै
क्यालिफोर्निया । चीनले अमेरिकालाई २ ओटा पान्डा उधारोमा दिँदै । दुई दशकपछि पहिलोपटक चीनले क्यालिफोर्नियास्थित सान डियगो शहरको एक चिडियाखानाका लागि ती दुई पान्डा पठाउन लागेको हो । पान्डाहरू कहिले आइपुग्छन् भन्ने आधिकारिक समय भने निश्चित भैसकेको बताइएको छ ।
तर निकट भविष्यमै पान्डा पाइने आशामा आफूहरू रहेको सान डिएगो वाइल्डलाइफ एलायन्सले भनेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले अमेरिकाका लागि नयाँ पान्डाहरू पठाउने सङ्केत गरेको केही महिनापछि यो खबर बाहिर आएको हो । चीन र अमेरिकाबिच मित्रताको दूतको रूपमा पान्डाहरू पठाइने राष्ट्रपति सीको भनाई थियो । पान्डा संरक्षणको मामिलामा अमेरिकासँग सहकार्य जारी राख्न चीन तयार रहेको उनले बताएका थिए ।
‘पान्डा कूटनीति’ अन्तर्गत चीनले २० भन्दा धेरै देशहरूलाई उधारोमा पान्डाहरू दिने गरेको छ । सिले जर्मनी, नेदरल्यान्ड, डेनमार्क र फिनल्यान्ड जस्ता युरोपेली देशहरूलाई पान्डा पठाउने योजनालाई अनुमोदन गरेका थिए । सोही क्रममा सन् २०२२ मा पहिलोपटक मध्यपूर्वस्थित कतारमा एक जोडी पान्डा पठाइएको थियो । पान्डालाई संकटापन्ना जीवको सूचीमा राखिएको छ । विश्वभर अहिले २ हजारभन्दा कम पान्डा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण