धर्म निरपेक्षता र चुनावअघिको गठबन्धन दुर्भाग्य हो : शशांक कोइराला
बिहीबार, १० फागुन २०८०, १७ : १७
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य भएको बताएका छन् । बिहीबार महासमिति बैठकको समापनमा उनले धर्म निरपेक्ष नभई स्वतन्त्र हुने बताए ।
उनले भने, ‘धर्म निरपेक्ष होइन स्वतन्त्र हुन्छ । तर हामीले धर्म निरपेक्ष बनायौँ । यो दुर्भाग्य भयो ।’ यस्तै कोइरालाले चुनाव अगाडिकाे गठबन्धन पनि पार्टीका लागि दुर्भाग्य भएको बताए ।
‘अन्य दलसँग होइन हामीहरूबिच गठबन्धनको आवश्यकता छ । चुनाव अगाडिकाे गठबन्धन त पार्टीका लागि दुर्भाग्य हो,’ उनले भने । चुनावपछि गठबन्धन गरे पनि चुनावअघि कांग्रेस गठबन्धन गर्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण