सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

धर्म निरपेक्षता र चुनावअघिको गठबन्धन दुर्भाग्य हो : शशांक कोइराला

बिहीबार, १० फागुन २०८०, १७ : १७
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य भएको बताएका छन् । बिहीबार महासमिति बैठकको समापनमा उनले धर्म निरपेक्ष नभई स्वतन्त्र हुने बताए ।

उनले भने, ‘धर्म निरपेक्ष होइन स्वतन्त्र हुन्छ । तर हामीले धर्म निरपेक्ष बनायौँ । यो दुर्भाग्य भयो ।’ यस्तै कोइरालाले चुनाव अगाडिकाे गठबन्धन पनि पार्टीका लागि दुर्भाग्य भएको बताए ।

‘अन्य दलसँग होइन हामीहरूबिच गठबन्धनको आवश्यकता छ । चुनाव अगाडिकाे गठबन्धन त पार्टीका लागि दुर्भाग्य हो,’ उनले भने । चुनावपछि गठबन्धन गरे पनि चुनावअघि कांग्रेस गठबन्धन गर्न नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप