बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्ची रूखमा राखियो
बुटवल । बुटवल बहुमुखी क्याम्पसका प्रमुखको कुर्सी रूखमा राखिएको छ । नेपाल विद्यार्थी संघ र अखिल छैटौँले बुटवल बहुमुखी क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेको कुर्सी रूखमा राखेका हुन् ।
क्याम्पस प्रमुखको मिलेमतोमा क्याम्पसको मुल गेटमा अनेरास्ववियूको स्वागत बमेर्ड राखिएको भन्दै उनीहरूले विरोध गरेका हुन् । विरोध स्वरूप क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका उपसभापति नारायण घिमिरेले बताए ।
फागुन ६ गते क्याम्पस प्रशासन, प्राध्यापक संङगठनहरु, स्ववियु, विद्यार्थी संगठनहरूको सर्वदलीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुको साटो बोर्ड राख्न दिएको उनको आरोप छ ।
‘फागुन ६ गतेको बैठकले क्याम्पसको मूल गेट नजिकै रहेको स्ववियु बोर्डमा लेखिएको अभिभावदन शब्द परिमार्जन गरी नमस्कार लेख्ने सहमति भएको थियो । तर, क्याम्पसको भित्र रहेका तीन वटा चौपारीमा लेखिएको जय नेपाल हटाउने र मन्दिरमा राखिएको राष्ट्रिय झण्डाको नजिकै राखिएको अनेरास्ववियू झण्डा हटाउने सहमति भएको थियो । यी सहमति पालना गर्नुपर्नेमा झन् रातारात बोर्ड राख्ने सहमति दिएपछि बाध्य भएर यो कदम चालेका हौँ’ घिमिरेले बताए ।
क्याम्पस प्रमुखले ७ दिन भित्रमा राजीनामा नदिए थप कडा कदम चाल्ने उनीहरुको चेतावनी छ । नेपाल विद्यार्थी संघ र अखिले छैटौँले स्वागत बोर्ड अनेरास्ववियूले राखेको बताएपनि अनेरास्ववियूले भने आफूहरूले नराखेको दाबी गरेको छ ।
स्वतन्त्र विद्यार्थी युनियनका सभापति दुर्गाबहादुर एमसीले बैठक बसेर मिलाउन सकिने विषयमा भएता पनि नेविसंघ र अखिल छैटौँले गैरजिम्मेवारी देखाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण