काम गर्न नसक्ने र दाग लागेको मन्त्रीलाई घर पठाऔँ : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताको नाममा सहकारी ठग्ने, जग्गा किर्ते गर्ने र नागरिकता किर्ते गर्नेहरूलाई पार्टीले ठिक गर्नुपर्ने बताएका छन् ।
बिहीबार पार्टीको महासमिति बैठकको समापन कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेसका कार्यकर्ताले दुःख र समस्या छ भनेर सुविधा नपाउने बताए ।
थापाले भने, ‘दुःख जसले पनि देखाउन सक्छ, हामीले दुःखको हल दिनुपर्नेछ । किनकि हामी जिम्मेवारीमा छौँ ।’
यस्तै उनले काम गर्न नसक्ने र दाग मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने बताए । पार्टीबाट निर्वाचित भएका वडाध्यक्षदेखि मन्त्रीसम्म सबै जनप्रतिनिधिले आफ्नो रिपोर्ट कार्ड दिन सक्नुपर्ने थापाले बताए ।
‘म जस्तो सांसद होस् वा मन्त्री होस् प्रत्येकले रिपोर्ट कार्ड दिन सक्नुपर्छ । हाम्रो कामबाट नागरिक खुसी भएर कांग्रेसलाई धन्यवाद भन्न सक्नुपर्छ । काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔँ, दाग लागेको मन्त्रीलाई घर पठाऔँ’, उनले भने ।
उनले संगठनको अनुशासन उल्लंघन गर्नेलाई १० वर्ष पार्टीबाट निष्कासन गर्ने आँट गरे चुनावमा कसैसँग कुम जोड्न नपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण