पार्टीभित्र अनुशासनको डण्डालाई दह्रो बनाउनुपर्छ : नेता श्रेष्ठ
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीभित्र अनुशासनको डण्डालाई दह्रो बनाउनुपर्ने बताएका छन् ।
बिहीबार पार्टीको महासमिति बैठकको समापन सत्रमा सम्बोधन गर्दै पूर्वउपसभापति श्रेष्ठले पार्टीभित्र अनुशासनको डण्डालाई दह्रो बनाउनुपर्ने बताएका हुन् । उनले अनुशासनको डण्डालाई दह्रो बनाउनसके आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने बताए । उनले कार्यकर्ताहरुलाई अनुशासनमा राख्न नसकेर विद्रोह र अन्तर्घात गर्नेहरुलाई काखी च्यापेमा त्यसले राम्रो परिणाम दिन नसक्ने बताए ।
उनले भने,‘हामीले पहिलै गठबन्धन गर्नुपर्छ भनेर खुट्टा कमाउनु परेको छैन । हामी संगठित हौँ । हाम्रो पार्टीलाई अनुशासनमा राख्न सकौँ । अनुशासनको डण्डालाई दह्रो बनाउन सक्यो भने हामी ठुलो पार्टी मात्रै होइन बहुमत ल्याउन सक्ने पार्टी बनाउन सक्छौँ । जब साथीहरुलाई अनुशासनमा राख्न सक्दैनौँ । साथीहरुलाई अनुशासनमा राख्न नसकेर विद्रोह गर्ने साथीहरुलाई, अन्तर्घात गर्ने साथीहरुलाई जब काखी च्याप्छौँ । काखी च्यापेपछि त्यसको परिणाम यस्तै भोग्नुपर्छ । त्यसले गर्दा हामी एक भएर अगाडी बढौँ । राम्रोसँग संगठन गरेर अगाडी बढ्यौँ भने आगामी ०८४ मा कसैसँग मिल्नु पर्दैन । कसैसँग सम्झौता गर्नुपर्दैन । पार्टीमा न्याय गर्ने पद्धति हुनुप¥यो ।’
पार्टी संगठन राम्रो बनाएमा ०८४ सालमा कसैसँग मिल्नु नपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण