बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पार्टीभित्र अनुशासनको डण्डालाई दह्रो बनाउनुपर्छ : नेता श्रेष्ठ

बिहीबार, १० फागुन २०८०, १९ : ४३
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीभित्र अनुशासनको डण्डालाई दह्रो बनाउनुपर्ने बताएका छन् ।  

बिहीबार पार्टीको महासमिति बैठकको समापन सत्रमा सम्बोधन गर्दै पूर्वउपसभापति श्रेष्ठले पार्टीभित्र अनुशासनको डण्डालाई दह्रो बनाउनुपर्ने बताएका हुन् । उनले अनुशासनको डण्डालाई दह्रो बनाउनसके आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने बताए । उनले कार्यकर्ताहरुलाई अनुशासनमा राख्न नसकेर विद्रोह र अन्तर्घात गर्नेहरुलाई काखी च्यापेमा त्यसले राम्रो परिणाम दिन नसक्ने बताए ।

उनले भने,‘हामीले पहिलै गठबन्धन गर्नुपर्छ भनेर खुट्टा कमाउनु परेको छैन । हामी संगठित हौँ । हाम्रो पार्टीलाई अनुशासनमा राख्न सकौँ । अनुशासनको डण्डालाई दह्रो बनाउन सक्यो भने हामी ठुलो पार्टी मात्रै होइन बहुमत ल्याउन सक्ने पार्टी बनाउन सक्छौँ । जब साथीहरुलाई अनुशासनमा राख्न सक्दैनौँ । साथीहरुलाई अनुशासनमा राख्न नसकेर विद्रोह गर्ने साथीहरुलाई, अन्तर्घात गर्ने साथीहरुलाई जब काखी च्याप्छौँ । काखी च्यापेपछि त्यसको परिणाम यस्तै भोग्नुपर्छ । त्यसले गर्दा हामी एक भएर अगाडी बढौँ । राम्रोसँग संगठन गरेर अगाडी बढ्यौँ भने आगामी ०८४ मा कसैसँग मिल्नु पर्दैन । कसैसँग सम्झौता गर्नुपर्दैन । पार्टीमा न्याय गर्ने पद्धति हुनुप¥यो ।’

पार्टी संगठन राम्रो बनाएमा ०८४ सालमा कसैसँग मिल्नु नपर्ने उनको भनाई छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप