मोरङको प्रगति टोलमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
मोरङ । मोरङको बुढीगंगा गाउँपालिका ४ प्रगति टोलमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने एकै परिवारको दुई जना र अर्का एक जना रहेका छन् ।
बुढीगंगा गाउँपालिका ४ का ६० वर्षीय ज्योति अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास मृत्यु भएको प्रत्यक्षदर्शी मायालु न्यौपानेले बताए । ज्योतिका छोरा र छोरी जुम्ल्याहा हुन् । उनीहरू सुतेको बेला लहरी गाडी पल्टिएर ठुलो टुङ्गाले किचेर मृत्यु भएको प्रत्यक्षदर्शी बताएका छन् । ज्योति अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
आज बिहान ७ बजे कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी बुढीगंगा ४ प्रगति टोलमा दुर्घटना भएको थियो । दुर्घटना भएर पल्टिएको लहरी ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ । पल्टिएको लहरीले थिचेर तीन जना बालबालिकाको घटनास्थलमा मृत्यु भएको हो ।
भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी दुर्घटना भएको थियो । अहिलेसम्म लहरीले थिचेर मृत्यु भएको बालबालिकाहरूको शव निकाल्न प्रहरीले सकेको छैन । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले घटनास्थलबाट ढुङ्गा पन्छाएर शव निकाल्ने प्रयास गरिरहेको बताए । ‘अहिले क्रेनको सहयोगमा उद्धार गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण