आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एउटै फोनमा २ वटा ह्वाट्सएप कसरी चलाउने ?

शुक्रबार, ११ फागुन २०८०, १७ : १२
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । अधिकांश मानिसहरूसँग दुई वटा मोबाइल नम्बरहरू भएको पाइन्छ । अहिले त प्रायः सबै फोनमा दुई वटा सिम राखेर चलाउन मिल्छ तर प्रयोगकर्ताहरुलोई एउटै फोनमा दुईवटा ह्वाट्सएप अकाउन्ट चलाउन समस्या भइरहेको थियो । अन्य विकल्पको सहारा लिन परिरहेको थियो । ह्वाट्सएपको माउ कम्पनी मेटाले एपमा एकभन्दा धेरै एकाउन्ट चलाउने विकल्प दिएको थियो । तर, अझै पनि धेरैलाई यसबारे जानकारी छैन ।

यसका लागि प्रयोगकर्ताहरूले छुट्टै अरू कुनै एप इन्स्टल पनि गर्नुपर्दैन । न त तपाईँले व्हाट्सएप बिजनेस एप नै इन्ष्टल गर्नु पर्नेछ । व्हाट्सएप प्रयोगकर्ताहरूले एउटै फोनमा एउटै एपबाट दुई फरक एकाउन्ट चलाउन सक्छन् । साथै, एप भित्रबाट एकाउन्टलाई स्विच गर्न सकिने छ । तर यो फिचर अहिले आईफोनमा भने उपलब्ध छैन । एउटै फोनमा दुई ओटा ह्वाट्स एप चलाउने तरिका यस प्रकार छः  

– सबैभन्दा पहिले आफ्नो फोनमा व्हाट्सएप एप खोल्नुस् ।

– त्यसपछि माथि पट्टी दायाँ कुनाबाट व्हाट्सएप सेटिङमा जानुस् ।

– यसपछि तपाईँको प्रोफाइल र नामको छेउमा देखिएको डाउन एरोमा ट्याप गर्नुस् ।

– एड एकाउन्टमा क्लिक गर्नुस् र  एग्री एन्ड कन्टिन्यूमा क्लिक गर्नुस् ।

–त्यस पछि आफ्नो फोन नम्बर राख्नुस् र नेक्स्टमा क्लिक गर्नुस् ।

– सेटिङमा गएर अनुमति सेट गर्नुस् ।

अब तपाईंले आफ्नो फोनमा अर्को व्हाट्सएप एकाउन्ट थप्नुपर्नेछ । यी दुई खाताबिच तपाईँले सजिलैसँग स्विच गर्न सक्नुहुनेछ । यसका लागि तपाईंले प्रोफाइलमा गएर डाउन एरोमा क्लिक गर्नुपर्नेछ । फोनमा दुईवटा व्हाट्सएप एकाउन्ट भएकोले नोटिफिकेशन कुनको हो भनेर चाहिँ तपाईलाई अलमल हुन सक्छ । यो समस्या समाधानका लागि दुबै एकाउन्टका लागि फरक फरक नोटिफिकेशन र प्राइभेसी सेटिङ गर्न सक्नु हुनेछ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप