पीएसएलमा पेशावर जाल्मीको पहिलो जित
काठमाडौँ । पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल)मा पेशावर जाल्मीले पहिलो जित दर्ता गरेको छ । लगातार दुई खेलमा पराजित भएको पेशावरले शुक्रबार राति भएको खेलमा मुल्तान सुल्तानलाई ५ रनले पराजित गरेको हो ।
मुल्तानको भने पहिलो हार हो । मुल्तानले खेलेका चार मध्य ३ खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ । शुक्रबार राति पेशावरले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर १७९ रन बनाएको थियो । पेशावरका लागि हसिबुल्लाह खानले सर्वाधिक ३७ रन बनाउँदा कप्तान बाबर आजमले ३१ रन जोडेका थिए ।
यसैगरी रोभमन पावेलले २३ रन जोड्दा मोहम्मद हेरिसले १९ रन बनाए । त्यस्तै, पौल वाल्टरले १६ रन र लुक वुडले १७ रनको नटआउट पारि खेले । मुल्तानका डेभिड वेली, मोहमम्द अली र उस्मा मिरले समान दुई-दुई विकेट लिए ।
जवाफी लक्ष्यसहित मैदान उत्रिएको मुल्तान २० ओभरमा सबै विकेट गुमाएर १७४ रनमा रोकिन पुग्यो । मुल्तानका लागि डेभिड मलानले ५२ रनको आक्रामक पारि खेलेका थिए भने यासिर खानले ४३ रन बनाए । रेजा हेन्ड्रिकले २८ रन जोड्दा इफ्तिकर अहमदले १६ रन बनाए ।
पेशावरका लागि आरिफ याकुवले तीन तथा लुकी वुड, नभिन उल हक र सल्मान इस्रिदले समान दुई-दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण