लोप हुँदै नेपाली मौलिक गहना (फोटोफिचर)
- नेपाल न्युज एजेन्सी
काठमाडौँ । समाजमा गहनाको ठुलो महत्त्व हुन्छ । अझ नेपाली केही समुदायमा जन्मदेखि मृत्युसम्म गहनाको महत्त्व धेरै छ । गहना शृङ्गार मात्रै होइन संस्कार पनि हो ।
_G2dLXJO9cu.jpg)
गहना पुरुष र महिलामा मात्रै फरक होइन उमेर समूहका आधारमा पनि फरक फरक लगाइन्छ । पुरुष, स्त्री, बालबालिका, वृद्धवृद्धाले लगाउने आफ्नै किसिमका गहना हुन्छन् । विभिन्न उमेरकाले लगाउने गहना फरक–फरक भएजस्तै शिरदेखि पाउसम्म पनि फरक–फरक प्रकारका गहना लगाइन्छ । तर अहिले आधुनिकीकरणसँगै बिस्तारै नेपाली समुदायमा जातजाति विशेष गहनाहरू लोप हुँदै गइरहेका छन् । आधुनिकतासँगै पौराणिक गहनाहरू लोप मात्रै होइन, केही गहनाको मान्यता बिर्सेर दुरुपयोग नै भइरहेको छ ।
_z3Jo9fThip.jpg)
महिलाले लगाउने बुलाकी, मारावाडी, पाते सुन, बाला, ढुङ्ग्री, चाँद जस्ता पुराना एवं परम्परागत तरिकाले बनाइएका गरगहना लोप हुँदै जान थालेका छन् । जिल्लाका सहरी क्षेत्रमा बस्ने महिलाले मात्र नभई अधिकांश ग्रामीण भेगका महिलाले पुराना गहना लगाउन छोडेका छन् ।
_UKORgVy0Pc.jpg)
महिलाले पनि यस्ता गहना छोडेर ब्रासलेट, नेकलेसजस्ता आधुनिक डिजाइनका गहना लगाउन थालेसँगै पुराना गहना लोप हुँदै गएका छन् । माङ्गलिक र सांस्कृतिक कार्यहरूमा पौराणिक कालदेखि लगाइँदै आएका गहनाहरूप्रतिको अभिरुचिमा कमी हुन थालेसँगै गहना बिस्तारै लोप हुँदैछन् ।
_IQRiHFPSa7.jpg)
बाह्य संस्कृतिको प्रवेश र सञ्चारका नयाँ प्रविधिमा विदेशी गहनाका आकर्षक विज्ञापनले परम्परादेखि लगाउँदै आएका गहना लगाउने चाहनामा कमी आई आयातित संस्कृतिले प्रवेश पाएको छ । जसले नेपाली समुदायका गरगहना लोपोन्मुख प्रायः छन् । पहिला आम जीवनमा प्रयोग हुँदै आउने गरगहनाहरू अहिले चाडपर्व विशेष अवसरमा मात्रै प्रयोग हुने गरेको छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले तयार पारेका लोप हुँदै गएका गहना विशेष तस्बिरहरू ।
_VIA4q3ZBy9.jpg)
_K2czWACebj.jpg)
_Py7U8HWdkv.jpg)
_kTLSsJaYjf.jpg)
_qFXcixduTF.jpg)
_2wbik1LKqP.jpg)
_u72k4pdiDD.jpg)
_4IQhMCx2WR.jpg)
_STNPEdiiMo.jpg)
_PlzJJYyJgA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण