मदिरा आयातमा बाहिरियो १ अर्ब ९७ करोड
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ७ महिनाको अवधिमा विदेशबाट झन्डै २ अर्ब रुपैयाँ बराबरको मदिरा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघ महिनाको अन्त्यसम्ममा १ अर्ब ९७ करोड रुपैयाँ बराबरको मदिरा आयात भएको हो ।
यस अवधिमा बियर, ह्विस्की, ह्विस्की बनाउने कच्चा पदार्थ, वाइन, रम, जिन, भोड्का र अत्यधिक अल्कोहल रहेका मदिरा समेत आयात भएको पाइएको छ । १ अर्ब ९७ करोडको मदिरा आयात हुँदा सबैभन्दा धेरै रकम ह्विस्की आयातमा बाहिरिएको तथ्याङ्क छ ।
यस अवधिमा ह्विस्की आयातमा ८४ करोड ७२ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, ह्विस्की बनाउन चाहिने कच्चा पदार्थको आयातमा मात्रै ६५ करोड १८ लाख रुपैयाँ बाहिरिएको तथ्याङ्क छ । यसबाहेक, १ अर्ब ६७ करोड रुपैयाँको बियर आयात हुँदा ३० करोड बढीको वाइन भित्रिएको छ ।
रम आयातमा ५० लाख, जिन आयातमा १ करोड ६१ लाख र भोड्का आयातमा ५ करोड रुपैयाँ बिदेसिएको भन्सार विभागले जनाएको छ । यसबाहेक, १७ प्रतिशतदेखि ४२ प्रतिशतसम्म अल्कोहल मिसाइएको मदिराको आयातमा ८ करोड रुपैयाँ बाहिरिएको देखिन्छ ।
तथ्यांकअनुसार नेपालमा बियर भने ठुलो मात्रामा विदेशबाट नआउने गरेको देखिएको छ । विश्व चर्चित ब्रान्डका बियर नेपालमा नै उत्पादन हुने भएकाले विदेशबाट ल्याउन नपरेको हो । नेपालमा नै बडवाइजर, काल्सवर्ग, टुर्बोग जस्ता बियरको उत्पादन हुन्छ । यही भएर ७ महिनामा विदेशबाट साढे १ करोडको मात्रै बियर आएको हो ।
चर्चित विदेशी ब्रान्डबाहेक नेपालमा समेत पर्याप्त मात्रामा बियरको ब्रान्ड छ । यही कारण, उपभोक्ताले नेपालमा उत्पादित बियर नै खपत गर्ने गरेको पाइए पनि ह्विस्कीको आयातमा भने ठुलो मात्रामा रकम बिदेसिने गरेको तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण