आगलागीमा परेर झापामा बालकको मृत्यु
झापा । झापा गाउँपालिका-४ भानटोली बस्ने ईनाम हुसेन सेखको छोरा ४ वर्षीय अतिप हुसेनको आगलागीमा जलेर शुक्रबार दिउँसो मृत्यु भएको छ । सेखको घर नजिकै रहेको परालको कुन्युमा आगलागी भई उनकै घरमा समेत फैलिएर आगलागी हुँदा नजिकै खेलिरहेको अतिपको जलेर मृत्यु भएको हो ।
आगलागीबाट २ वटा घर र नजिकै रहेको मस्जिद समेत जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता दार्चुलाको मार्मा गाउँपालिका-२ घोप्टे बस्ने प्रकाश महरको दिपिका एण्ड अनिस पोल्ट्री फर्ममा विद्युत् सर्ट भई शुक्रबार राति आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस्तै पर्साको वीरगंज महानगरपालिका-१७ अलौ बजार बस्ने कृष्ण मुरारी साहको घर तथा गोठमा शुक्रबार राति आगलागी हुँदा घर तथा गोठ पूर्णरूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी सुनसरीको कोशी गाउँपालिका-३ कान्छी चोक बस्ने उपेन्द्र शाहको घरमा विद्युत् सर्ट भई शनिबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण